मल्कवाङमा नौमती बजाउने र पुरख्यौली नाच्ने तालिम

Add Samajik bikash office

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङका २६ जनालाई नौमति बाजा बजाउने र पुरख्यौली नाच सम्बन्धी तालिम दिइएको छ ।

मौलिक लोक बाजा, कला र संस्कृतिको संरक्षणका लागि पुस्ताहस्तान्तरण गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयले तालिम सञ्चालन गरेको हो । असार १ गते शनिबार शुरु भएको तालिम सोमबार सकिएको वडा सचिव बेदनाथ सुवेदीले जानकारी दिनुभयो ।

संस्कारगत कार्य, सभा, समारोहमा नौमती बाजा बजाउने र पुरख्यौली नाच्ने कलाकार अभाव हुन थालेपछि युवा युवतिलाई तालिम दिइएको उहाँले बताउनुभयो । मल्कवाङ अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको बस्ति हो । यहाँ मगर र दलित समुदायको पनि बसोबास छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पुरख्यौली नाच्ने र सोरठी गाउने छन्त्याल र मगर समुदायको मौलिक परम्परा हो । पछिल्लो समय वैदेशिक रोजगारीका कारण पलायन हुने र पुराना पुस्ताका कलाकार निधन भएपछि पुरख्यौली नाच सञ्चालन गर्न कलाकारको अभाव हुन थालेपछि नयाँ पुस्तालाई सिकाइएको धवलागिरी गाउँपालिका–५ का वडा अध्यक्ष अमर छन्त्यालले बताउनुभयो ।

११ जना सहभागी नौमति बाजा तालिमको दिपेन्द्र परियार र जिवन परियारले सहजिकरण गर्नुभएको थियो । उहाँहरुले दमाह, कर्णल, ढोलकी, सहनै, ट्याम्को, झ्याली, नरसिंङ्गा लगायत बाजा बजाउने सिप सिकाउनु भएको थियो ।

१६ जना सहभागी पुरख्यौली नाच तालिममा दिलिप छन्त्यालले सोरठी गाउने, सरस्वती जगाउने, सुख र दुखको अवस्थामा नाच्ने तरिका सिकाउनु भएको थियो । कछाड, सर्ट, पेटी, भांग्रा, टोपीमा सजिएर कम्मरमा मादल भिरेर नाच्नेलाई मादल भनिन्छ । महिला र पुरुषको समूहले सोरठी गित गाउँछन् ।

मादलेसँगै नाच्ने मारुनीले गुनियो, टिकिया, पटुकी, पछ्यौरी, कानमा ढुंग्री, पोत, कन्ठी लगायत गहना लगाउँछन् । मौलिक कला संस्कृति संरक्षण गर्न गत वर्ष मल्कवाङका नौमति बाजा खरिद गरेर उपलब्ध गराइएको थियो । यसपाली पोशाक उपलब्ध गराएइएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...