डाडाखेतमा दन्त शिविर शुरु

Add Samajik bikash office

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ डाडाखेतमा शनिबार देखि निशूल्क दन्त शिविर शुरु भएको छ ।

नेलम्बो नेपाल र नेपाल रेडक्रस सोसाइटी सिंगा उपशाखाको आयोजनामा डाडाखेत स्थित बालमन्दिर आधारभूत विद्यालयमा शुरु भएको शिविर असार ५ गतेसम्म सञ्चालन हुनेछ् ।

शिविरमा दाँतको परिक्षण, एक्सरे, दाँत भर्ने, निकाल्ने, सफा गर्ने, गिजाको उपचार, औषधी वितरण र परामर्श सम्बन्धी सेवा दिइने नेपाल रेडक्रस सोसाइटी सिंगा उपशाखाका सभापति सुमन बानियाले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

डा. दिक्षा क्षेत्री, करुणा गर्बुजा, दन्त चिकित्सा सहायक अञ्जु विक, मिथिलेस यादव लगायतले सेवा दिनुहुने जनाइएको छ । एक दिनमा ६० जनाको दरले सेवा दिने आयोजकको लक्ष्य छ ।

शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले दाँतको स्याहार र उपचार महत्वपूर्ण हुने बताउदै जंकफुड र गुलीयो पदार्थको अधिक सेवन नगर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखा सभापति अमर बानिया, सिंगा उपशाखाका पुर्व सभापति रामप्रसाद शर्मा, नेलम्बो नेपालका कार्यक्रम संयोजक भिमप्रसाद भण्डारी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...