कुहुँ–भिरकटेरा–टोड्के जोड्ने सडक निर्माण

Add Samajik bikash office

बेनी, ः म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँ देखि भिरकटेरा हुदै पर्यटकीय स्थल टोड्के जोड्ने सडक निर्माण भएको छ ।

मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुन्द्रि सतहदेखि २ हजार ४३० मिटरको उचाईमा रहेको टोड्के जोड्ने यो चौथो सडक मार्ग हो । यसअघि मंगला गाउँपालिका–१ पूर्णगाउँ, बेनी नगरपालिका–१० वाखेत र रघुगंगा गाउँपालिका–५ झिँ हुदै टोड्केलाई सडक सञ्जालले जोडिएको थियो । मंगला गाउँपालिका–१ का वडा अध्यक्ष एकजित रोकाले कुहुँ देखि भिरकटेरा हुदै टोड्के जोड्ने ४ किलोमिटर सडकको मार्ग (ट्याक) निर्माण सकिएको जानकारी दिनुभयो ।

“मंगला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा बिनियोजन गरेको रु. २२ लाख बजेटबाट भिरकटेरा देखि टोड्के सम्म सडकको ट्याक खोल्ने काम पुरा भएको छ,” उहाँले भन्नुभयो “सडकको घुम्ति सुधार गर्ने, ढल व्यवस्थापन गर्ने नाली र ढलानको काम केही दिनमै सम्पन्न गर्ने लक्ष्य सहित मजदुर परिचालन भएको छ ।”

Shreekrishna hardwear in news

यो सडकबाट कुहुँ, तुसारेपानी, हिदी, दुखु, थाईवाङ, सल्यान, भरजुला, झिँ, पाखापानी, कोटगाउँ, ठाडाखानीका बासिन्दाका साथै टोड्के जाने आउने पर्यटकलाई सुविधा पुगेको छ । कुहुँका अगुवा रविन पुनका अनुसार कुहुँ–भिरकटेरा–टोड्के सडक यसअघिको कुहुँ–पूर्णगाउँ–टोड्के जोड्ने सडकको तुलनामा २ किलोमिटर कम दुरीको छ ।

Bhautik ministry notice about road

बस, जिप, मोटरसाइकल, ट्याक्टर आवत जावत गर्न मिल्ने गरि ७ मिटर फराकिलो सडक निर्माण गरिएको पुनले बताउनुभयो । यो सडक आयोजनाका लागि आगामी आर्थिक वर्षमा संघीय सरकारले रु. १ करोड बिनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

टोड्के हिमशृङखला, सुर्योदय, गुरासे जंगल अवलोकन, स्वच्छ हावापानी र शान्त वातावरणमा रमाउने पर्यटकहरुको लागि आकर्षक गन्तब्यको रुपमा विकास भएको छ । टोड्केका अगुवा भिम शेरचनले कुहुँ हुदै टोड्के जोड्ने नयाँ सडक निर्माण भएपछि पर्यटक आगमन बृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो ।

पूर्णगाउँका बासिन्दा खगेन्द्र खत्रीले कुहुँ–पूर्णगाउँ–टोड्के सडक स्तरोन्नति गर्नु छाडेर ठूलो भूगोल र बस्तिलाई ओझेलमा पार्ने गरी नयाँ सडक निर्माण भएकोमा गुनासो गर्नुभयो । पूर्णगाउँका बासिन्दाले छुट्टै वडाको माग गरेर हालै गाउँपालिकामा निवेदन दिएका थिए । सडक निर्माणका क्रममा कुहुँ र पूर्णगाउँका बासिन्दाबीचको बिवाद वन डिभिजन कार्यालय सम्म पुगेको थियो ।

गुर्जा, चुरेन, मानापाथी, धवलागिरी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लामो लर्कनलाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु टोड्केको प्रमुख विशेषता हो । हिमालसँग आँखा जुधाएर योग र ध्यानमा रमाउन सकिन्छ । यहाँ उत्पादन भएको मुला, आलु र सिमिका परिकारको स्वाद लिन सकिन्छ । स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ ।
डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्धारी, शिष्यहरू पूजारी महाराज र रखाल महाराज लगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिंग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा हुन् । आश्रम परिसरमा गौशाला पनि रहेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...