जलजलाका सुत्केरीलाई घ्यू र अण्डा

khali

बेनी, । पर्वतको जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिन थालेको थालेको छ ।

संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यू र अण्डा उपलब्ध गराइएको हो ।

चालु आर्थिक वर्षमा रु चार लाख बजेट विनियोजन गरिएको ‘उपाध्यक्ष सुत्केरी पोषण कार्यक्रम’ मार्फत संस्थागत सुत्केरी भएकालाई घ्यू र अण्डा वितरण गरिएको उपाध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“विसं २०८० साउनदेखि यही असार मसान्तसम्म स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई दुई क्यारेट अण्डा र एक माना घ्यू वितरण गर्ने कार्यक्रम छ”, उहाँले भन्नुभयो, “पालिकाका–१, ५, ६ र ७ नम्बर वडाको तल्लो धाइरिङका ६४ जनालाई सम्बन्धित वडामा पुगेर वितरण गरिएको हो । बाँकीलाई पनि वितरण गर्ने अभियान निरन्तर छ ।’

khali

१ का ११, ५ का २२, ६ का २० र तल्लो धाइरिङका ११ जनालाई अण्डा र घ्यु वितरण गरिएको छ । गाउँपालिकाका सिनियर अनमी अञ्जली बैरागीका अनुसार ९ वटै वडामा पछिल्लो एक वर्षयता १७७ जना सुत्केरी र हाल ८९ जना गर्भवति छन् ।

सुत्केरी, गर्भवती तथा बच्चा दुई वर्षको हुँदासम्मको अवस्थामा पौष्टिक आहारको व्यवस्थापन गर्नुपर्ने सन्देश प्रवाह गराउने र संस्थागत सुत्केरी सेवामा पहुँच बढाउने कार्यक्रमको लक्ष्य रहेको छ । लक्षित वर्ग शीर्षकमा विनियोजन भएको बजेटबाट उपाध्यक्षको सुत्केरी पोषण कार्यक्रम सञ्चालन गरिएको हो ।

गाउँपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख विन्दु शर्माले घ्यू र अण्डा वितरणका क्रममा स्वास्थ्यकर्मीबाट पोषण र पौष्टिक आहार तयार पार्ने विषयमा परामर्श पनि दिने गरिएको बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...