बेनी, । म्याग्दीको बेनी नगरपालिका–४, सुर्केमेलाका शशीधर सापकोटाको कबिता संग्रह दुई नदीको दोभान प्रकाशन भएको छ ।
नन्दकला हरिलाल साहित्य प्रतिष्ठानले प्रकाशन गरेको सो पुस्तकमा समसामयिक घटनामा आधारित कबिताहरु संग्रह गरिएको छ । स्थानीय विषयबस्तु र बस्तुअवस्था झल्कने कबिता संग्रहमा २ वटा खण्ड छन् ।
खण्ड (क)लाई चारधाम तिर्थस्थलहरु र खण्ड (ख) लाई चम्किला ताराहरु नामाकरण गरिएको छ । वि.स. २०१३ साउन १० गते जन्मनुभएका सापकोटा कृषि पेशा गर्नुहुन्छ । शिवालय प्रा.वि, जयन्ती मा.वि.का पुर्व शिक्षक सापकोटा सामुदायिक वन उपभोक्ता समूह र उपभोक्ता समितिमा रहेर सामाजिक काम गर्दै आउनु भएको छ ।
उहाँको देशको बिग्रदो सिमाना, ओसेपमा परेको परिस्थिति, आमाको प्रशव ब्यथा, मातृ दूधको भारा कृति प्रकाशोन्मुख रहेका छन् । पुस्तकमा २१९ वटा कबिताहरु संग्रह गरिएको छ ।