सिंगामा अन्तरजातीय बिवाह गरेकालाई सम्मान

Gandaki Kotihome

बेनी ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार अन्तरजातीय बिवाह गरेकाहरुलाई सम्मान गरिएको छ । बेनी नगरपालिका–४ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा लक्षित वर्ग (दलित) कार्यक्रम कार्यान्वयन समितिले अन्तरजातीय बिवाह गरेका ५ जोडिलाई सम्मान गरेको हो ।

बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान), संयुक्त राजनीतिक दलित संघर्ष समितिका जिल्ला संयोजक पदम किसान, वडा स्तरीय लक्षित वर्ग कार्यक्रम कार्यान्वयन समितिका अध्यक्ष भक्तबहादुर रसाइली लगायतले प्रशंसापत्र प्रदान गरेर सम्मान गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

सम्मानीत हुनेहरुमा देवु खाती राई र धनराज राई, नवराज राई र सोविता राई, शेरबहादुर किसान र पुर्णकली पुर्जामगर, डम्मरबहादुर गुरुङ र तिलकुमारी बिक, मोहन किसान र अञ्जना किसान रहनुभएको छ ।

छुवाछुत अन्त्य र सामाजिक विभेद अन्त्यका लागि प्रोत्साहन स्वरुप अन्तरजातीय बिवाह गर्ने जोडिलाई सम्मान गरिएको वडा स्तरीय लक्षित वर्ग (दलित) कार्यक्रम कार्यान्वयन समितिका सचिव अमर किसानले बताउनुभयो ।

उहाँका अनुसार सो कार्यक्रममा परम्परागत सिलाई तथा आरन व्यवसाय गरेका ८ जना उद्यमीहरुलाई औजार वितरण र सम्मान गरिएको थियो । यसैगरी दलित जनप्रतिनिधि, सामाजिक संघ संस्थामा प्रतिनिधित्व गर्ने वडाका दलित अगुवाहरुलाई पनि सम्मान गरिएको थियो ।

सोही भेलाका क्रममा वडा स्तरीय संयुक्त दलित राजनीतिक संघर्ष समितिको पुर्नगठन भएको छ । कमल घतानेको अध्यक्षतामा गठन भएको कार्यसमितिको उपाध्यक्षमा अमर किसान, सचिवमा धनकाजी विश्वकर्मा, कोषाध्यक्षमा सोविता किसान, सहसचिवमा शुष्मा नेपाली रहनुभएको छ ।
सदस्यहरुमा बिरवल किसान, अमिता किसान, संगिता विश्वकर्मा र बलबहादुर किसान चयन हुनुभएको छ । भक्तबहादुर रसाइली, पवित्रा किसान, जंगबहादुर रसाइली र गोपाल किसान सल्लाहकारमा चयन हुनुभएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...