जलजलामा टोल विकास संस्थाका पदाधीकारीलाई क्षमता विकास तालिम

khali

बेनी,। पर्वतको जलजला गाउँपालिकाले टोल विकास संस्थाका पदाधीकारीहरुका लागि क्षमता विकास तालिम प्रदान गरेको छ ।

जेठ १९ गते शालिजाबाट शुरु भएको तालिम ९ वटै वडामा १÷१ दिन सञ्चालन भई जेठ ३१ गते सकिएको थियो । तालिममा १३९ वटा टोल विकास संस्थाका ४१७ जना अध्यक्ष, सचिव र कोषाध्यक्षको सहभागिता रहेको जलजला गाउँपाकिलाका सामाजिक विकास अधिकृत भेषनाथ आचार्यले जानकारी दिनुभयो ।

khali

स्थानीय विकास प्रक्रीयामा टोल तथा बस्ती स्तरबाटनै नागरिक सहभागिता सुनिश्चित गर्दै समाजका आर्थिक, सामाजिक, सांस्कृति रुपान्तरण लगायत विकासका सबै पक्षमा दिगोपना र अपनत्व सिर्जना गर्दै असल उद्यमी तयार पार्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news

वडा स्तरको तालिम अघि पालिका स्तरमा टोल विकास संस्थाका संयोजक, सहसंयोजक, जनप्रतिनिधी र कर्मचारीको लाग २ दिने क्षमता विकास तालिम सञ्चालन भएको थियो । सामाजिक विकास अधिकृत आचार्य तालिमको मुख्य प्रशिक्षक रहनु भएको थियो ।

तालिममा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्य र वडा अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो । टोल विकास संस्थाका पदाधीकारीहरुलाई झोला समेत वितरण गरिएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...