बैकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

Add Samajik bikash office

बेनी, । बैकिङ कसुर सम्बन्धी मुद्दाका एक फरार आरोपीलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

धादीङको थाक्रे गाउँपालिका–९ (साविक केवलपुर गाविस–८) का ५१ वर्षीय सोमहरी आचार्यलाई पोखराको सासवारमा लुकेर बसेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामको सहयोगमा म्याग्दीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

Bhautik ministry notice about road

जेठ ३१ गते बिहीबार पक्राउ परेका आचार्यलाई शुक्रबार जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि ५ दिनको म्याद थपेर हिरासतमा राखिएको प्रहरी निरिक्षक राजन रायमाझीले बताउनुभयो ।

Shreekrishna hardwear in news

बेनी नगरपालिका–५ की रेजिना रामदामले जेसिभी डोजर बिक्री गरेवापत आचार्यले रु. ९२ हजार ७५ लाख ४८८.२३ को विभिन्न बैंकको चेक दिएको र चेकको खातामा रकम नभएपछि २०८० माघ ४ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आचार्य विरुद्ध मुद्दा दर्ता गराउनु भएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...