डाडाबारीमा सडक ढलान र कालोपत्र

khali

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–६ डाडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ ।

वि.स. २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाडाखेत सडक योजना मार्फत बेनी नगरपालिका–६ को ढलेढुंगा–डाडाबारी खण्डमा कालोपत्र भएको हो । गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको लागत साझेदारीमा सडक विस्तार, नाली, पर्खाल निर्माण गरी ढलान र कालोपत्र भएको बेनी–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाले जानकारी दिनुभयो ।

“वि.स. २०६४÷०६५ मा ट्याक खोलीएको बेनी नगरपालिकाको ७, ६, ५ र ४ नम्बर जोड्ने यो सडक म्याग्दीको रणनीतिक महत्वको बेनी–दरवाङ सडकको बेनी–ठुलोखोला खण्डको वैकल्पिक मार्ग पनि हो,” उहाँले भन्नुभयो “आगामी आर्थिक वर्षका लागि प्रदेश समपुर बजेट मार्फत यो सडक स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिन प्रस्ताव गरेका छौ ।”

Shreekrishna hardwear in news
khali

ढलेढुंगाका बासिन्दा राजेन्द्रप्रसाद रेग्मीले सडक कालोपत्र भएपछि हिलो र धुलोबाट मुक्ति मिलेको बताउनुभयो । उहाँका अनुसार यसअघि हिउँदमा धुलाम्मे, बर्खामा हिलाम्मे सडकमा सास्ती र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । गाउँको बिचमा कालोपत्र भएको सडकले बस्तिको सौन्दर्यता बढाएको रेग्मीले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०८०÷०८१ मा गण्डकी प्रदेश सरकारले रु. ५० लाख र बेनी नगरपालिकाले रु. ३० लाख बिनियोजन गरेको महारानीथान–छापा–डाडाखेत सडक स्तरोन्नति योजनाको वि.स. २०८० मंसिर २५ गते श्रमजिवी निर्माण सेवासँग रु. ५९ लाख ८५ हजार ८०३ मा ठेक्का सम्झौता भएको थियो ।

सो ठेक्का मार्फत ४०० मिटर नाली निर्माण ४५२ मिटर प्रिमिक्स प्रबिधिको कालोपत्र, १३० मिटर ढलान भएको बेनी नगरपालिकाका ईञ्जिनियर दिपेश केसीले जानकारी दिनुभयो । श्रमजिवी निर्माण सेवाका सञ्चालक प्रकाश बानियाले आगामी असार महिनासम्म ठेक्काको म्याद भएपनि लक्ष्य अघिनै काम सकेको बताउनुभयो ।

बेनी नगरपालिकाले गौरवको आयोजनाको रुपमा महारानी थान देखि छाप हुदै डाडाखेत तर्फ सडक स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिने नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...