पाउद्धार तातोपानी कुण्ड थ्रिपी मोडेलमा सञ्चालन गरिने

khali

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पाउद्धार तातोपानी कुण्डलाई सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार सञ्चालन गरिने भएको छ ।

यही जेठ ३ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार पाउद्धार तातोपानी कुण्ड सार्वजनिक निजी साझेदारी अवधारणामा सञ्चालन गर्न गाउँपालिकाले मंगलबार मनशायपत्र आव्हान गरेको छ । प्राकृतिक तातोपानी पाउद्धार कुण्डलाई व्यवस्थित बनाउनका लागि डिजाइन, निर्माण सञ्चालन र हस्तान्तरण गर्ने बिधी अपनाइएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

आगामी वर्ष न्युनतम रु. २२ लाख भाडा नघट्ने, ५ वर्षसम्म प्रतिवर्ष १० प्रतिशतका दरले भाडा बढ्ने र ५ देखि २० वर्षसम्म प्रतिवर्ष १५ प्रतिशतका दरले वृद्धि हुने निर्णय गाउँपालिकाले गरेको छ । १०० जना क्षमताको आवास भवन, शौचालय, स्नान गृह, सुविधाजनक चमेनागृह, विद्युत, इन्टरनेट, खानेपानी, कुण्ड लगायतका संरचना कुण्ड भाडामा लिने पक्षले तयार पार्नुपर्ने र सम्झौता अवधी सकिएपछि गाउँपालिकालाई हस्तान्तरण गर्नुपर्ने शर्त राखिएको छ ।

Shreekrishna hardwear in news
khali

स्वास्थ्य, पर्यटन, स्थानीय जनताको जिविकोपार्जन र आर्थिक विकासमा पु¥याउने सकारात्मक टेवाको पक्षमा अनुसन्धान गर्न पाइने कुण्डका लागि एक महिनाभित्र डिपिआर सहितको प्रस्ताव पेश गर्न गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको हो ।

पहाडको फेद र कालीगण्डकी नदीको किनारमा रहेको मुहानबाट निस्कने तातोपानी संकलन गरिएको पोखरी प्राकृतिक उपचार स्थलको रुपमा विकास हुन थालेको छ । नुनीलो स्वादमा ५५ डिग्री सेल्सीयस तातोपानी निस्कने गर्छ । एक पटकमा २०० जनाले स्नान गर्न सक्ने दुई वटा पोखरी बनाइएको छ ।

तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्कीएर पाँच–दश मिनेटसम्म पछ्यौरा, बलाङंकेट, पलास्टीक, काम्लो आदी न्याना कपडा ओढेर शरिरबाट चितचित पसिना निस्कदा सम्म विश्राम गरिन्छ ।
छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको, शरिर दुख्ने र चिसोका कारण हुने स्वास्थ्य समस्या निको हुने विश्वास रहेको छ । कुण्ड सञ्चालनका लागि यसअघि अन्नपूर्ण गाउँपालिकाले हरेक आर्थिक वर्षमा ठेक्का आव्हान गरेर निजी क्षेत्रलाई जिम्मा दिने गरेको छ । गाउँपालिकाको लगानीमा भौतिक संरचना तयार भएको कुण्ड नजिकै गण्डकी प्रदेश सरकारको बजेटमा भुरुङ्ग तातोपानी जोड्ने १५६ मिटर लामो झोलुङ्गे पुल निर्माणाधिन रहेको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...