पात्लेखेतमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका महिलाहरुलाई आत्मनिर्भर बनाउन सिपसँगै प्रविधी हस्तान्तरण गरिएको छ ।

बेनी नगरपालिकाको “उपमेयरसँग आमा समूह कार्यक्रम” अन्तर्गत सञ्चालित ४५ दिने पन्चेबाजा बजाउने तालिम समापन, कम्बाइन्ड मिल र (प्याकेजिंग) मेशिन खरिद तथा वितरण गरिएको हो ।

सोमबार पात्लेखेतमा आयोजित कार्यक्रममा बैशाख १६ गते देखि जेठ २८ गते सम्म संचालित तालिमको समापन र ११ वटा कम्बाइन्ड मिल (प्याकेजिंग) मेशिन वितरण गरिएको हो । आमासंग उपमेयर कार्यक्रम अन्तर्गत रु. १० लाखको लागतमा पन्चेबाजा खरिद, तालिम र कम्बाइन्ड मिल (प्याकेजिंग) खरिद गरिएको हो ।

Shreekrishna

बाजा बजाउने तालिममा ३० जनाको सहभागिता थियो । बेनी नगरपालिकाका उपमेयर ज्योति लामिछानेले यस कार्यक्रमले महिलाहरुमा पन्चेबाजा बजाउने सिप बिकास हुनुका साथै आत्मनिर्भर र स्वरोजगार बन्न समेत सहयोग पुगेको बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

उहाँले आफुले सिकेको सिप अरुलाई समेत सिकाउन जरुरी रहेको बताउदै आआफ्नो ठाउँमा उत्पादन भएका सिली लगायतका अन्नलाई कुटानी पिसानी गर्न सजिलो होस् भनेर मिल समेत वितरण गरिएकोले यसबाट प्रशस्त लाभ लिन आग्रह समेत गर्नुभयो ।

त्यसैगरी वडा नं १० क अध्यक्ष मस्बिर रोकाले आमासंग उपमेयर कार्यक्रम ठुलो मेहेनतले ल्याइएको र यसबाट हामीले प्रशस्त लाभ लिनुपर्ने र सिकेको सिप जोगाउने र उपलब्ध सामानको पर्याप्त उपयोग गर्नुपर्ने बताउनुभयो ।

गाउँमा विवाह, व्रतबन्धलागयत अन्य समाजिक कार्यक्रममा मौलिक बाजाको माग आइरहेको र युवापुस्तामा विदेश पलायन भएको अवस्थामा महिलालाई सीपसँगै आम्दानीको समेत अवसर रहेको सिद्धबराह आमा समुहकी सचिव गिता रोकाले बताउनुभयो । दुई सेट नौमती बाजा खरिद, तालिम सञ्चालन लगायत महिला लक्षित गतिविधिका लागि ६ लाख, कुटानी पिसानी मेसिनका लागि ३ लाख बजेट विनियोजन भएको थियो ।

कार्यक्रममा वडा सदस्य निर्मला मल्ल, महिला संजालका अध्यक्ष सर्मिला राम्जाली, कार्यपालिका सदस्य मन कुमारी बि.क. लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । तालिमका सहभागीको तर्फबाट सम्झना रोकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । पन्चेबाजा तालिमको प्रशिक्षण श्याम प्रसाद दर्जी, र देविलाल नेपालीले गर्नुभएको थियो ।

तालिमको समापन तथा मेसिन वितरण कार्यक्रम बेनी नगरपालिका वडा नं १० का अध्यक्ष मस्बिर रोकाको अध्यक्षता बेनी नगरपालिकाका उपमेयर ज्योति लामिछानेको प्रमुख आतिथ्यता र आमा समुह संजालका सचिव गीता रोकाले गर्नुभएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...