अन्नपूर्णका कृषकलाई बोका वितरण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नश्ल सुधारको लागि बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गरेको छ ।

१० औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिकाले १२ जना किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको हो । गाँउपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा बाख्रापालक किसानलाई प्रोत्साहनका लागि स्थानीय जातको बाख्राको नश्ल सुधार गर्दै उत्पादन तथा मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले लागत साझेदारीमा बोका वितरण गरेको पशु शाखा प्रमुख रमेश केसीले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना
Shreekrishna

गाउँपालिकाले साना तथा मझौला किसान लक्षित गरी सञ्चालन गरेको कार्यक्रममा किसानले खरिद गरेको बोकाको लागतमा ५० प्रतिशत अनुदान दिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताउनुभयो । यसअगाडी समेत बाख्रापालनमा सक्रिय किसानको प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको थियो । समान्य बाख्रापालन किसानले खरिद गर्न नसक्ने बोयर बोकामा गाउँपालिकाले अनुदान दिएपछि सहज भएको नारच्याङ कोेप्चेपानीमा तुलाराम बुढाको भनाई छ ।

बोयर जातको बोका वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष भरतकुमार पुन, वडा नं २ का वडा अध्यक्ष ओमप्रसाद फगामी, वडा नं वडा नं ३ का वडा अध्यक्ष रमेश पूर्जा, वडा नं ४ कार्यवाहक अध्यक्ष भिम शेरपुञ्जा, ८ का वडा अध्यक्ष खमबहादुर गर्बुजा लगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा गाईपालक किसानलाई २० थान म्याट समेत वितरण गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...