अन्नपूर्णमा बाल सञ्जाल

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइतबार बाल सञ्जाल गठन भएको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरमा भएको बाल क्लवका प्रतिनिधीहरुको भेलाले सृष्टि बरुवालको अध्यक्षतामा अन्नपूर्ण बाल सञ्जाल गठन गरेको हो ।

२ दिनसम्म सञ्चालन भएको भेलाबाट गठन भएको सञ्जालको उपाध्यक्षमा विजय लामा, सचिवमा संगम विक, सहसचिव आगमन सुनाम र कोषाध्यक्षमा सुस्मिता किसान रहनु भएको छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

सदस्यहरुमा सोनिया पूर्जा, एन्जल थजाली, पृथिराम रोका, आरोषी तिलिजा, युता थजाली, राहुल खड्का, अनुज पूर्जा, दिया रन्तिजा, लिला गर्बुजा, कृतिस परियार रहेका छन् । भेलाले पारित गरेको कार्यक्रमहरु गाउपालिका अध्यक्ष भरत पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीलाई हस्तान्तरण गरिएको थियो ।

बालबालिकाको अधिकार, बाल क्लवको स्थापना र सञ्चालन लगायतका विषयमा विज्ञ विनोद धौलागिरीले सहजीकरण गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष सृष्टि बरुवालले गाउँपालिकालाई बालश्रम मुक्त घोषाण गदैं बालबालिका अनुकुल निति बनाउने, बालबालिकाको क्षेत्रमा बजेट विनियोजन तथा क्षमता विकास सहितका कार्यहरुमा सहयोग गर्न गाउँपालिकालाई अनुरोध गर्नुभयो ।

अन्नपूर्णभित्रका बालबालिकालाई लक्षित गरी विभिन्न योजना तथा बालबालिका केन्द्रित कार्यक्रमलाई प्रोत्साहन गर्ने गाउँपालिका अध्यक्ष पुनको भनाई छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...