एमाले म्याग्दी काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा गुरुङ

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

काठमाडौं । नेकपा एमालेमा आस्थावान् म्याग्दी घर भै काठमाडौं बस्नेहरुको संस्था नेकपा एमाले म्याग्दी काठमाडौं सम्पर्क समिति मञ्चको अध्यक्षमा पुनः तमबहादुर गुरुङ निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा भएको एक भेलाले गुरुङको नेतृत्वमा निर्विरोध १५ सदस्यीय समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा होम पुन, धनमाया शेरपुञ्जा, सचिवमा इन्द्र खड्का, उपसचिवमा खेम सुवेदी र कोषध्यक्षमा खडक थापा चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा हिराबहादुर थापा, पदम छन्त्याल, कृष्ण पुन, दिनद जुग्जाली, हिरालाल रोका, चमेली खत्री र हुपेन पुन निर्वाचित हुनु भएको कोषध्यक्ष खडक थापाले जानाकारी दिनु भयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

निर्वाचन अगाडि बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा नेकपा एमाले गण्डकी प्रदेश सम्पर्क समिति मञ्च इन्चार्ज कल्पना थापाले कम्युनिष्ट पार्टी बिरुद्ध देशमा गतिविधि बढ्दै गएकाले कम्युनिष्ट आन्दोलन जोगाउन सबै कम्युनिष्ट पार्टीहरु एक हुनुको बिकल्प नरहेको बताउनु भयो ।

Shreekrishna

त्यसैगरी एमाले केन्द्रिय सदस्य तथा पूर्व मन्त्री नरदेवि पुनले सम्पर्क मञ्चले काठमाडौंमा बसेका एमालेका नेता तथा कार्यकर्ताहरुलाई जिल्ला संग जोड्नु पर्ने बताउनु भयो । एमाले गण्डकी प्रदेश कमिटि सदस्य हरिकृष्ण श्रेष्ठले गत निर्वाचनमा गठनबन्धनका कारण जिल्लामा आफु सहित प्रदेशका उमेद्ववारहरुले निर्वाचनमा विजयी प्राप्त गर्न नसके पनि आगामि दिनमा जस्तै सुकै गठबन्धन बने पनि पार्टीले विजयी प्राप्त गर्न सक्नेगरी संगठन निर्माण गर्नु पर्ने र जनपक्षीय काम गर्नु पर्ने बताउनु भयो ।

त्यसैगरी एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले सम्पर्क मञ्च र जिल्ला पार्टीको समन्वयमा भेला तथा गोष्ठिहरु आयोजना गर्नु पर्ने आवश्यकता देखिएको बताउँदै बलियो संगठन निर्माण गर्न सबैले पहल गर्नु पर्ने बताउनु भयो । नेकपा एमाले म्याग्दी काठमाडौं सम्पर्क समिति मञ्चका अध्यक्ष तमबहादुर गुरुङको अध्यक्षता सम्पन्न भएको अधिवेशनको स्वागत निर्वतमान् उपाध्यक्ष महेश श्रेष्ठले गर्नु भएको थियो भने अनेरास्ववियूका केन्द्रीय सचिव तथा प्रवक्ता प्रकाश पौडेल सहित विभिन्न तहका नेता कार्यताहरुले शुभकामना मन्तव्य व्यक्तगर्नु भएको कार्यक्रमको सञ्चालन होम पुनले गर्नु भएको थियो । कार्यक्रममा एमाले निकट अन्य भातृ संगठन, सम्पर्क मन्चका अन्य जिल्लाका प्रतिनिधि र नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...