म्याग्दी युवा कप बौदीकाली र धादिङले जित्यो

Add Samajik bikash office

बेनी, नवलपुरको वौदीकाली गाउँपालिकाले बेनीमा बिहिबार सम्पन्न २ लाख रुपैयाँ पुरस्कार राशीको ‘प्रथम म्याग्दी यूवा कप’ पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको जितेको छ ।

राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले आयोजना गरेको प्रतियोगिताको खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधी धादिङ स्पोटर््स क्लवले जितेको छ । १३ समुह सहभागी पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा बौदीकालीले बागलुङको गलकोट नगरपालिकालाई २ का विरुद्ध ३ सेटले पराजित गरेको हो ।

बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो, तेस्रो र पाँचौ सेट बौदिकालीले जितेको थियो । दोस्रो र चौथो सेट जितेको गलकोटलाई धिरेन्द्रप्रताप गाहाको कप्तानीमा मैदानमा उत्रिएको वौदिकालीले अन्तिम सेटमा १३ का विरुद्ध १५ले पछि पारेको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पुरुषतर्फ म्याग्दीको बेनी नगरपालिका तेस्रो र रघुगंगा गाउँपालिकाले सान्तवनामा चित्त बुझाए । महिलातर्फको फाइनलमा धादिङले म्याग्दीको मंगला गाउँपालिका–२ सहश्रधाराको मालिका स्पोटर््स क्लवलाई सोझो ३ सेटमा पराजित गरेको थियो ।

बागलुङ नगरपालिका तेस्रो र म्याग्दी भलिबल संघ सान्तवना भएका छन् । पुरुषतर्फ उत्कृष्ट बनेका बौद्धिकालीका हिमाल सुनारीले नगद रु. ८ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । धादिङकी टिम कप्तान गंगा गुरुङलाई महिलातर्फ उत्कृष्ट खेलाडी घोषणा गरिएको थियो ।

पुरुषतर्फ प्रथम, दृतीय, तृतीय र सान्तवना हुने स्थानीय तहले ट्रफी, मेडल, प्रमाणपत्र सहित क्रमश रु. २ लाख, १ लाख २० हजार, रु. ५० हजार र रु. २५ हजार नगद पुरस्कार प्राप्त गरेका राष्ट्रिय युवा संघ म्याग्दीका अध्यक्ष बिजय घर्तीले बताए ।

६ टिम सहभागी महिलातर्फ बिजेता, उपबिजेता, तेस्रो र सान्तवना हुनेले ट्रफी, मेडल, प्रमाणपत्र सहित क्रमश नगद रु. ८० हजार, ६० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष महाराज गुरुङ, एमालेका गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
४ दिनसम्म सञ्चालन भएको प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्नुहुदै एमालेका स्थायी कमिटि सदस्य खगराज अधिकारीले खेलकुद विकासका लागि प्रशिक्षण र पूर्वाधारमा जोड दिएका थिए ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...