गण्डकीमा वन क्षेत्रको रणनीतिक योजना बनाइदै

Gandaki Kotihome

बेनी, । गण्डकी प्रदेशमा वन क्षेत्रको रणनीतिक योजना बनाउन लागिएको छ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशमा वन क्षेत्रको विकास र संरक्षणका लागि २० वर्षे रणनीतिक योजना तयार पार्न थालेको हो ।

रणनीतिक योजना बनाउनका लागि मन्त्रालयले आइतबार बेनीमा सरोकारवालाहरु सँग सुझाव संकलन गरेको छ । मन्त्रालयले रिकफ्ट नेपालसँगको सहकार्यमा हाल प्रदेशका विभिन्न स्थानहरुमा परामर्श गोष्ठीहरुको आयोजना गरिरहेको मन्त्रालयका उपसचिव पूर्णश्वर सुवेदीले जानकारी दिनुभयो ।

आइतबार म्याग्दी, मुस्ताङ र बागलुङका वनक्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुको सहभागितामा बेनीमा एक गोष्ठी सम्पन्न भएको छ । म्याग्दीका डिभिजनल वन अधिकृत बिष्णुप्रसाद अधिकारीको अध्यक्षतामा भएको गोष्ठीमा उपस्थित सरोकारवालाहरुले वनक्षेत्रका विद्यमान चुनौती र अवसरहरुको समिक्षा गर्दै आगामी दिनमा लिनुपर्ने रणनीतिका विषयमा छलफल गरेका थिए ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

गोष्ठीमा वन डढेलो, मानव वन्यजन्तु द्वन्द्व, वन सम्बर्धन प्रणालीमा आधारीत वन व्यवस्थापन, जलाधार संरक्षण, कृषि वन, वन पैदावारमा आधारीत उद्यम विकास, पर्यापर्यटन लगायतका रणनीतिक योजनामा उल्लेख गर्नुपर्ने विषयहरुबारे सहभागीले सुझाव दिएका छन् ।

मन्त्रालय र रिकफ्ट नेपालबिच गण्डकी प्रदेको वनक्षेत्रको विकास र प्रबर्धनका लागि दिर्घकालिन रुपमा सहकार्य गर्ने समझदारी भएको र त्यसैअन्तर्गत रिकफ्ट नेपालले रणनीतिक योजना निर्माणको लागि आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराएको मन्त्रालयका उपसचिव सुवेदीले जानकारी दिनुभयो ।

रणनीतिक योजना पूर्व वनसचिव डा. स्वयम्भूमान अमात्यको नेतृत्वमा निर्माण भइरहेको छ । रणनीति निर्माणको प्रक्रियामा सम्बन्धित सबै सरोकारवालारुको सहभागीता र आवाजलाई सूनिश्चित गर्ने गरी आफुहरुले परामर्श गोष्ठी तथा बैठकहरु गरिरहेको रिकफ्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत निरज बाबु भट्टले जानकारी दिनुभयो ।

गोष्ठीमा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुन, डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ, मिलन म्याग्दी, पर्यटन तथा उद्योग कार्यालय, कृषि ज्ञान केन्द्र, पारीवारीक नीजि वन, जडीबुटी व्यवसायी महासंघ आदिको सहभागीता रहेको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस