म्याग्दीका जेठ १३ देखि १९ गतेसम्म आई पी भी खोप अभियान

Gandaki Kotihome

बेनी, म्याग्दीमा आगामी साता बालबालिकाहरुलाई पोलियो रोग विरुद्धको (आईपीभी) खोप लगाउने अभियान सञ्चालन हुने भएको छ ।

वि.स. २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकाहरुलाई आईपीभी खोप लगाउन यही जेठ १३ देखि १९ गतेसम्म सञ्चालन हुने अभियानको तयारी पुरा भएको छ ।
स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुवेदीले लक्षित उमेर समूहका चार हजार ३६२ जना बालबालिकालाई आईपीभी खोप लगाइने जानकारी दिनुभयो ।

१११ विद्यालय र विद्यालय नभएका थप २८ ठाउँमा खोप केन्द्र कायम गरिएको छ । स्वास्थ्यकर्मी र महिला स्वास्थ्यकर्मी सहित ४१७ जना जनशक्ति अभियानमा परिचालन हुने स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर बिरेन्द्र महतोले बताउनुभयो ।

Upper Myagdi transmition line notice

“खोप लगाउन छुटेका बालबालिका जन्मिएको समयमा आई पी भी खोप अभाव रहेकाले अहिले अभियान सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो “बालबालिकालाई पोलियो रोग विरुद्ध प्रतिरोध क्षमता बढाउनु अभियानको उद्देश्य रहेको छ ।”

Annapurna aarohan ko notice

लक्षित बालबालिकालाई खोप लगाउन अभिभावकहरुलाई निमन्त्रण गरिएको र जिल्लाभर अनुगमनका लागि ५७ सदस्यीय समिति बनाइएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।

पोलियो भाइरस पी (१) पी (२) र पी (३) गरी तीन प्रकारका हुन्छन् । तिनै थरी भाइरसबाट पोलियो रोग हुनसक्ने भएकाले अनिवार्य खोप लगाउन अनुरोध गरिएको छ ।

अभियानको बारेमा स्वास्थ्य कार्यालयले शुक्रबार एक कार्यक्रम आयोजना गरि जिल्ला खोप समन्वय समितिका पदाधीकारी र पत्रकारहरुलाई जानकारी गराएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मजदुरी गर्ने र खोपको महत्व नबुझेकाहरु छुट्न सक्ने भएकाले लक्ष्यअनुसारका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, जिसस उपप्रमुख दिलकुमारी खत्री, बेनी अस्पतालकी निमित्त डा. अञ्जु थापा लगायतको उपस्थिती रहेको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...