राहुघाटको ‘प्रेसर साफ्ट’ जोडियो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

पिप्ले, ः नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावरद्धारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ‘प्रेसर साफ्ट’ को ‘ब्रेक थु्र’ भएको छ ।

रघुगंगा गाउँपालिका–३ पिप्ले स्थित मुख्य सुरुङको आउटलेट (अन्तिम बिन्दु) देखि तिल्केनीचौरमा निर्माणाधिन विद्युतगृहमा पानी खसाल्ने पाइपलाईन राख्ने सुरुङ मंगलबार दिउँसो जोडिएको हो । आयोजनाका व्यवस्थापक राजबहादुर बिष्टले एक हजार ४९ मिटर लामो प्रेसर साफ्ट जोडिएको जानकारी दिनुभयो ।

“अडित २ र ३ को सुरुङ, ३२९ मिटर वटम र १९६ मिटर लामो भर्टिकल प्रेसर साफ्ट यसअघिनै जोडिएको थियो,” उहाँले भन्नुभयो “यस आयोजना निर्माणका लागि प्रेसर साफ्टको ब्रेक थुु्र हुनुलाई अर्को महत्वपूूर्ण उपलब्धी मानेका छौ ।”

Shreekrishna

मुख्य सुरुङबाट आउने पानीलाई विद्युतगृहमा लैजाने पाइपलाईन राख्नका लागि प्रेसर साफ्ट बनाइएको हो । सुरुङ जोडिएपछि प्रेसर साफ्टमा पाइपलाइन जडानको काम गर्ने राहुघाटको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले जनाएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । ६ हजार २७० मिटर लामो सुरुङ मध्य अडित १ र २ जोड्ने १२५ मिटर मात्र खन्न बाँकी रहेको रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो । दोस्रो र तेस्रो अडिट जोड्ने ३ हजार ८३६ मिटर लामो सुरुङ गत फागुन १० गते जोडिएको थियो ।

आयोजनाको सिभिल तर्फको समग्रमा भौतिक प्रगति ५७ प्रतिशत छ । भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्काको ४५ महिनाको अवधीमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ । २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परिक्षण गरि आयातको प्रक्रिया अघि बढाइएको छ । इलेक्ट्रोमेकानिकल तर्फको भौतिक प्रगति २२ प्रतिशत छ ।
रघुगंगा गाउँपालिकाको वडा नम्बर ४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रबिधिको बाँध र तिल्केनीचौरमा विद्युतगृहको संरचना निर्माण तिब्रताका साथ भैरहेको छ ।
घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरि बिद्युतगृह र बाँधलाई सिधा सडकले जोडिएको छ । कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएल सँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण अघि बढाइएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...