बालअधिकार सम्बन्धी १२ बुँदे घोषणापत्र जारी

Gandaki Kotihome

बेनी । बेनीमा शुक्रबार सम्पन्न जिल्ला स्तरीय बाल भेलाले बालअधिकार सम्बन्धी १२ बुँदे घोषणापत्र जारी गरेको छ । सामाजिक विकास कार्यालयको आयोजनामा २ दिनसम्म सञ्चालन भएको भेलाले पदाधीकारीहरुमा छात्राहरु रहेको जिल्ला स्तरीय बाल सञ्जाल पनि गठन गरेको छ ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार सम्बन्धी विश्वब्यापी घोषणापत्र र नेपालको संविधानले गरेको बालबालिकाको मौलिक हकको ब्यवहारिक कार्यान्वयनका लागि सरोकारवालालाई दवाव दिन र ध्यानाकर्षण गराउन घोषणापत्र जारी गरिएको सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले बताउनुभयो ।

बालबालिकाको पहिचान सहित नामाकरण र जन्मदर्ताको हकलाई पूर्ण कार्यान्वयन गर्नुपर्ने, राज्यबाट प्रत्येक बालबालिकाले पाउने उचित शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वागिण व्यक्तित्व विकासको हकको सुनिश्चितता गर्न अनुरोध गरेको छ ।

Upper Myagdi transmition line notice

राज्यका नीति, योजना, बजेट तथा कार्यक्रमको तर्जुमा देखि त्यसको लाभको बाडफाँड लगायतका सम्पूर्ण चरणहरुमा बालबालिकाको सहभागिता सुनिश्चित गर्नुपर्ने, बाल श्रमशोषणको अन्त्य, जोखिममा रहेका बालबालिकालाई राज्यको संरक्षण, बालमैत्री स्थानीय शाषणका ५१ वटा सूचकहरुको प्रभावकारी कायान्यनका लागि स्थानीय तहको ध्यानाकर्षण गराएको छ ।

बालबालिकामाथि गर्भमै गरिने लैङ्गिक विभेद अन्त्य गर्न र बालबालिका सम्बन्धी ऐन २०७५ ले व्यवस्था गरे बमोजिमको स्थानीय तहमा बाल अधिकार समिति गठन गर्न र बालकल्याण अधिकारी तोक्न र बाल संरक्षण सम्बन्धी मापदण्ड बनाउन माग गरेको छ ।

Annapurna aarohan ko notice

भेलाले मुक्तिधाम माविकी रेजिना भण्डारीको अध्यक्षतामा जिल्ला बाल सञ्जाल गठन गरेको छ । सञ्जालको पदाधीकारी सबै छात्रा रहेका छन् । उपाध्यक्षमा मङ्गला माविकी प्रजिता खत्री, सचिवमा लिटिल गार्डेनकी मुस्कान भण्डारी, कोषाध्यक्षमा प्रभा माविकी पद्मा फगामी र सहसचिवमा जनप्रिय माविकी रश्मि जैसी चयन हुनुभएको छ ।

जिल्ला बाल अधिकार समिति, रिक म्याग्दीको समन्वयमा जिल्ला बाल सञ्जाल पुनर्गठन सँगै पदाधिकारीहरुलाई बालअधिकार तथा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण गराइएको थियो ।

सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले कार्यक्रमका बारेमा प्रकाश पार्दै बालबालिकाको सवालहरुलाई सम्बन्धीत सरोकारवाला निकायहरुमा पु¥यानका लागि सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले आवश्यक सहजीकरण तथा सहयोग पनि कार्यालयले गर्ने बताउनुभयो । सञ्जाल अध्यक्ष भण्डारीले बालबालिकाको हकअधिकार थप व्यवहारिक रुपमा कार्यान्वयन गराउन भुमिका खेल्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति म्याग्दीकी उपप्रमुख डिलकुमारी खत्रीले भेलाको उद्घाटन गर्नुभएको थियो । जिल्ला बाल सञ्जाल म्याग्दीका निवर्तमान उपाध्यक्ष सुमन विश्वकर्माको अध्यक्षता, सामाजिक विकास कर्यालयका नायव सुब्बा गोविन्द पुनको सञ्चालन र जिल्ला बाल अधिकार समितिका अध्यक्ष कोमलप्रसाद उपाध्यायको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्त लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो थियो । गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेल पौडेल, मुक्ति ढुङ्गाना र ज्ञानु आचार्यले सहजीकरण गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...