चमेनागृह सञ्चालकलाई रैथाने बालीका परिकार बनाउने तालिम

khali

बेनी, । म्याग्दीको बेनी नगरपालिकामा रहेका विद्यालयका चमेनागृह सञ्चालकलाई रैथाने बालीका परिकार बनाउने तालिम दिइएको छ ।

पलास्टिकमा प्याकिङ गरेका जंक फुडको प्रयोग घटाउनका लागि नगरपालिकाको कृषि शाखाले चमेनागृह सञ्चालकहरुलाई रैथाने बालीका परिकार बनाउने तालिम दिएको हो ।

रैथाने बाली प्रबद्र्धन कार्यक्रम अन्तरगत रैथाने बालीबाट परिकार बनाउनका लागि चमेनागृह सञ्चालकलाई तालिम दिईएको नगरपालिकाका कृषि अधिकृत आकृती ढुङ्गानाले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

नगरपालिकाभित्रका सामूदायिक विद्यालयमा चमेनागृह र आधारभूत तहका बालबालिकाहरुलाई दिवा खाजा बनाउँदै आएका व्यवसायी, उद्यमी तथा गृहिणीहरु समेतलाई सहभागी गराएर रैथाने बालीबाट बन्ने आधुनिक खानाका परिकार बनाउने तालिम दिइएको उहाँले बताउनुभयो ।

khali


पछिल्लो समय आयातित खाजाका परिकारले स्वास्थ्यमा समेत असर गर्ने भएपछि स्थानीय स्तरमा रैथाने बालीका खाना तथा खाजाका परिकारको लोकप्रियता बढेको छ । बुधबार र बिहीबार बेनीमा सञ्चालन भएको तालिममा २० जना सहभागी भएका थिए ।

तालिममा सहभागीहरुले कोदो, गहुँ, आलु, भटमास, सिस्नु, फर्सी लगायतका रैथानेबालीहरुबाट विभिन्न खाजाका परिकार तयार गरेका थिए । तालिम समापन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले रैथाने बालीको संरक्षण, प्रवद्र्धन तथा उपभोगमा जोड दिएको बताउनुभयो ।

विद्यालयमा अध्ययनरत बालबालिकाको दिवा खाजामा रैथाने बालीका परिकारको उपयोग बढाउन सके बाहिरबाट आयातित खाद्य सामाग्री खानुपर्ने बाध्यता हट्ने र स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धनमा सघाउ पुग्ने उहाँको भनाई छ ।

तालिममा रैथानेबालीका विभिन्न २५ प्रकारका खानाका परिकार बनाइएको थियो । तालिममा सहभागीहरुलाई कोदोको दुनोट, केक, पिजा, अचार, भटमासको चिया, सेकुवा, अचार, फर्सीको जाम, टमाटरको केचप, सिस्नुको आइसकृमलगायतका परिकार तयार गर्न सिप सिकाइएको छ । तालिममा सन्दीप कुमार केसीले रैथाने बालीबाट परिकार बनाउने तामिम दिनुभएको थियो ।

म्याग्दीमा पछिल्लो समय रैथाने बालीबाट खानाका परिकार बनाएर बालबालिकालाई उपभोग गराउने प्रयास थालिएको छ । यसअघि अन्नपूर्ण गाउँपालिकाले अभिभावकहरुलाई रैथाने बालीका परिकार बनाउने तालिम दिएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...