म्याग्दी पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

Gandaki Kotihome

बेनी, । म्याग्दी जिल्लालाई सोमबार पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सिता कुमारी सुन्दासको उपस्थितिमा बेनीमा एक समारोहको आयोजना गरेर पूर्ण खोप सुनिश्चितताको घोषणा गरिएको हो । ६ वटा स्थानीय तह रहेको म्याग्दीका सबै बालबालिकाले पूर्ण खोप लगाएसँगै खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरिएको छ । बालबालिकाले जन्मेदेखि १५ महिना भित्र लगाउनुपर्ने सबै खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्र्रमुख भुवन ठकुुराठीले बताउनुभयो ।

म्याग्दी जिल्लामा रहेका १५ महिना भित्रका एक हजार पाँच सय ६७ बालबालिकाले नियमित र ५ वर्ष मुनिका ४ हजार आठ सय ६९ जना बालबालिकाले पूर्ण खोप लगाएका उहाँले बताउनुभयो । बालबालिकाले विसीजी, डिपिटि, पोलियो, दादुरा, रुवेला, जेई लगायत १३ प्रकारका खोपको पूर्ण मात्रा पाएको स्वास्थ्य कार्यालय म्याग्दीका प्र्रमुख ठकुराठीले बताउनुभयो ।

Upper Myagdi transmition line notice

म्याग्दी जिल्लामा एउटा जिल्ला स्तरीय अस्पताल, एउटा आधारभूत अस्पताल, ३९ स्वास्थ्य चौकी, ४ सहरी स्वास्थ्य केन्द्र, २८ सामुदायिक स्वास्थ्य इकाई, ११७ खोप केन्द्र, ६८ गाउँघर क्लिनिक रहेका छन् । बालबालिकालाई पूर्ण खोप लगाउनका लागि तीन सय ७२ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुने गरेका छन् ।

Annapurna aarohan ko notice

यसअघि वडा र पालिका स्तरमा पनि पूूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको थियो । घोषणा अघि स्वास्थ्यकर्मीहरुले घरदैलो गरेर खोप लगाएको नलगाएको विषयमा अध्ययन गरेका थिए ।

यस वर्ष गण्डकी प्रदेशका ११ मध्य पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्ने म्याग्दी पहिलो जिल्ला बनेको जिसस म्याग्दीका प्रमुुख समेत रहनुभएका जिल्ला खोप समन्वय समितिका प्रमुख राजकुमार थापाले बताउनुभयो ।

घोषणा कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वमसेविकाहरुको उपस्थिति रहेको थियो । घोषणा समारोह अघि बेनी बजारमा ¥याली गरिएको थियो ।

स्वास्थ्य तथा सामाजिक विकास मन्त्री सुुन्दासले खोप कार्यक्रमले नवजात शिशुको मृत्युघर घटाउन र रोग लाग्नबाट बचाउन महत्वपूर्ण योगदान गरेको बताउनुभयो । खोप कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको र सर्वसाधारणले पनि यसलाई महत्वका साथ लिनुपर्ने मन्त्री सुन्दासको भनाई थियो ।

एक जना बालबालिकालाई पूर्ण खोप प्रदान गर्न रु. ४० हजार खर्च लाग्ने र म्याग्दी जिल्लाका सबै बालबालिकाको पूर्ण खोप सुनिश्चितताका लागि वार्षिक रु. ७० लाख ८४ हजारभन्दा बढी रकम खर्च लाग्ने गण्डकी प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका सचिव डा. बिनोद बिन्दु शर्माले बताउनुभयो । जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्रीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन स्वास्थ्यकर्मी सुमित्रा थजालीले गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...