बेनी, । म्याग्दीको बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्थाले सेयर सदस्यहरुको लागि योग प्रशिक्षण सञ्चालन गरेको छ ।
सेयर सदस्यहरुको मानसिक, शारिरिक स्वास्थ्य र तनाव व्यवस्थापनका लागि बेनीमा ५ दिने योग प्रशिक्षण सञ्चालन गरेको हो । वैशाख २८ गतेदेखि शुरु भएको तालिम जेठ १ गतेसम्म सञ्चालन हुुने सहकारीका अध्यक्ष लीलाराम गौतमले जानकारी दिनुभयो ।
बिहान ५ः३० देखि ६ः३० बजेसम्म सञ्चालन भएको योग प्रशिक्षणमा नविन जुग्जाली, दिपेन्द्र घमाल लगायतले योग अभ्यासको सैद्धान्तिक र व्यवहारिक विषयमा सिकाउनु भएको छ । ४० जना सेयर सदस्य र सञ्चालकहरु प्रशिक्षणमा सहभागी भएका छन् ।
स्वस्थकर जिवनशैलीको अभ्यास गराउनका लागि योग प्रशिक्षण प्रभावकारी भएकाले आगामी वर्ष पनि कार्यक्रम बनाउने अध्यक्ष गौतमले बताउनुभयो । बेनीमा केन्द्रिय कार्यालय रहेको मुुक्तिनाथको मौवाफाँट र नेप्टेचौरमा सदस्य सेवा केन्द्र छ । सहकारीले बचत, ऋण लगानीका साथै विभिन्न सामाजिक गतिबिधि पनि गरेको जनाएको छ ।