बेनपा -२ मा माटोको उर्वराशक्ति बढाउन कृषि चुन वितरण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः क्षय हुदै गएको माटोको उर्वराशक्ती बढाउनका लागि म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा कृषि चुन वितरण गर्न थालिएको छ ।

माटोको अम्लीयपन बढी हुँदा खेती बाली नफस्टाउने र उत्पादन घट्ने समस्या देखिएपछि माटो उपचारका लागि कृषि चुन वितरण गर्न लागिएको हो । बेनी नगरपालिका–२ ज्यामरुककोटका वडा अध्यक्ष यामबहादुर कार्कीले माटो तथा मल प्रयोगशाला पोखराको सहयोगमा कृषकलाई ७५ प्रतिशत अनुदानमा कृषि चुन वितरण गर्न थालेको जानकारी दिनुभयो ।

“गत मंसिरमा ३८२ जना कृषकको जमिनको माटो परिक्षण गर्ने क्रममा २६५ वटा नमुना माटोमा अम्लीयपना अत्याधिक भेटिएको थियो,” उहाँले भन्नुभयो “प्रयोगशालाका प्राविधिकहरुको सिफारिस अनुसार माटोको उपचार गर्न कृषि चुन वितरण गर्न शुरु गरेको छौ ।”

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना


प्रयोगशालाले ज्यामरुककोटका लागि ६० हजार किलोग्राम कृषि चुन उपलब्ध गराएको छ । प्रतिकिलो रु. १० मूल्य पर्ने कृषि चुनका लागि कृषकले रु. २.५ लगानी गर्नुपर्नेछ् । रासायनिक विषादी र मलको अधिक प्रयोगका कारण माटोको अम्लीयपन बढेकाले कृषि चुनले माटो उपचार गर्न सिफारिस गरिएको प्रयोगशालाका प्राविधिक खुमराज बरालले बताउनुभयो ।

“उत्पादन छिटो र धेरै लिनका लागि रासायनिक मलको प्रयोग धेरै हुने गरेको छ । यसले कृषकलाई क्षणिक फाइदा दिएपनि माटोको गुणस्तरमा भने असर पु¥याएको छ,” उहाँले भन्नुभयो “यस्तो अवस्थामा दीर्घकालीन रूपमा उत्पादनमा कमी हुने गर्दछ । प्रत्येक ३÷३ वर्षमा कृषि चुन प्रयोग गर्नुपर्छ ।”

बेनी नगरपालिका–२ खबराका अगुवा कृषक सोवित शर्माले रासायनिक मल र बिषादीको प्रयोग घटाउन एकिकृत शत्रुजिव व्यवस्थापन (आईपिएम) कृषक पाठशाला पनि सञ्चालन गरिएको बताउनुभयो ।

गत वर्ष भकुण्डमा सञ्चालन गरिएको आइपिएम कृषक पाठशाला यसपाली बगरफाटमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो । बेनी नगरपालिकाले वडा नम्बर –३ भकिम्लीमा पनि हालै माटो परिक्षण शिविर सञ्चान गरेको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...