राहुघाट बेसीनका जलविद्युत आयोजनाहरुले पहुँचमार्ग मर्मत गर्लान ?

khali

मौवाफाँट, २२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन जलविद्युत आयोजनाले प्रयोग गर्ने पहुँच मार्ग मर्मत र स्तरोन्नति गर्न उदाशिनता देखाउँदा दुर्घटनाको जोखिम, धुलो र हिलोको समस्या बढेको छ ।

संसारको सातौ (८,१६७ मिटर) अग्लो धवलागिरी हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीहरुमा १६७.३ मेगावाट क्षमताका ५ वटा जलविद्युत आयोजना निर्माणाधिन छन् ।

तिल्केनीचौर देखि मौवाफाँट– दग्नाम –दर्मीजा–चिमखोला–घ्याँसीखर्क हुदै सेतिनी भ्यालीसम्म जलविद्युत आयोजनाहरुले उपकरण र निर्माण सामग्री ढुवानी गर्न बनाएको सडक साँघुरो, धुलो र ग्रेड नमिलेका कारण जोखिमयुक्त बनेको छ ।

Shreekrishna hardwear in news

जलविद्युत आयोजनाहरुले सडक मर्मतमा बेवास्ता गरेपछि गाउँपालिकाको केन्द्र मौवाफाँटका बासिन्दाहरुले बिहिबार र शुक्रबार दिनभर जलविद्युत आयोजनाका सवारी साधन सञ्चालन गर्न अवरोध गरेका थिए ।

गाउँपालिकाको कार्यालयमा शुक्रबार भएको सर्वपक्षिय छलफलमा जलविद्युत आयोजनाहरुले पूर्ववत प्रतिबद्धता अनुसार सडकलाई ग्राभेल सहित स्तरोन्नती गर्ने र नियमित रुपमा सडकको धुलो कम गर्न पानी हाल्ने काम सूरु गर्ने सहमती भएपछि शनिबार बिहान देखि सडक सूचारु भएको छ ।

यस अघि गाउँपालिकासंग जलविद्युत आयोजनाहरुले गरेको प्रतिबद्धता अनुसारको काम नभएपछि स्थानीयबासीले सडक अबरोध गरेको र तत्काल ग्राभेल गर्ने सहमती भएपछि सडक सुचारु भएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

khali

रघुगंगा गाउँपालिकामा ४० मेघावाट क्षमताको राहुघाट, २२.५ मेगावाट क्षमताको ठूलोखोला, ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माणधिन छन् ।

जलविद्युत आयोजना र निर्माण कम्पनीका प्रतिनिधि तथा, स्थानीय सरोकारवालाहरु समेतको बैठकमा बेनी–जोमसोम सडकखण्ड स्थित घुमाउनेतालदेखि पिप्ले हुँदै मौवाफाँट क्षेत्रको सडकलाई लेबलिङ्ग, ग्रेडिङ र ग्राभेल सहित सडक स्तरोन्नती गर्ने सहमती भएको छ ।

घुमाउनेताल देखि च्यानडाँडा सम्मको सडकमा रघुगंगा हाइड्रोपावर कम्पनीले सडक लेवलिङ्ग र ग्रेडीङ्ग तथा सडक ग्राभेलको कार्य गर्ने र राहुघाट जलविद्युतको ठेकेदार जे.पी.एशोशियट्स कम्पनीले घुमाउनेताल देखि झिँ र दग्नाम जाने चोक सम्म तथा रघुगंगा मा.वि. को सरसाफ्ट सम्मको ड्रेनको काम गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरि च्यानडाँडादेखि अँधेरीखोला र माथिल्लो भेगको सडक मर्मत गर्नुपर्ने स्थानसम्म सडक लेवलिङ्ग र ग्रेडीङ्ग तथा सडक ग्राभेल निर्माण कार्य तुँदी पावर कम्पनी, ठुलोखोला र माथिल्लो ठुलोखोला जलविद्युत आयोजनाले गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

‘सडक स्तरोन्नतीको लागत अनुमान तयार गर्ने र नापजाँचमा गाउँपालिकाका प्राविधिकहरुलाई खटाउँछौँ, पटक पटकको सहमती जलविद्युत आयोजनाहरुले कार्यान्वन नगर्दा समस्या उत्पन्न भएको छ,’ उहाँले भन्नुभयो ‘यस पटकको निर्णयलाई पालना गराउन गाउँपालिकाले निरन्तर पहलकदमी लिन्छ ।’

बैठकमा वडा नम्बर ३ पिप्लेका वडा अध्यक्ष खिमबहादुर शाहीले पटक पटक भएका सहमती पालना नगरेको कारण स्थानीयबासी सडक अबरोधमा उत्रनुपरेको बताउँदै तत्काल सहमती पालना गरेर सडकलाई स्तरोन्नती गर्न जलविद्युत आयोजनालाई निर्देशन दिनुभयो ।

बैठकमा राहुघाट जलविद्युतको विद्युतगृह रहेको तिल्किनी उपल्लो आर्यघाटमा जमिनको लम्बाई तथा चौडाई अनुसार प्रतिक्षालय निर्माण गर्ने र आर्यघाट परिसरमा आयोजनाले राखेको ढुङ्गा तथा माटो आर्यघाट परिसरबाट खाली गर्ने निर्णय समेत भएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...