भिमादका आमाहरुको सरफ उद्योग

Shreekrishna hardware

भिमाद, । तनहुँको भिमाद नगरपालिका–६ मा आमाहरुले सरफ उद्योग सञ्चालन गरेका छन् ।

भिमादको मातृ शिशू कल्याण आमा समूहमा आवद्ध महिलाहरुले सामुहिक रुपमा सरफ उद्योग सञ्चालन गरेका हुन् । समूहका अध्यक्ष हरिमाया पौडेलले ३६ जनाले रु. २५÷२५ हजार लगानी गरेर उद्योग खोलेको जानकारी दिनुभयो ।

“कुल करिब रु. २२ देखि २५ लाख लगानी भएको यस उद्योगमा भिमाद नगरपालिकाले ७० प्रतिशत लगानी गरेको छ,” उहाँले भन्नुभयो “३० प्रतिशत लगानी समूहका सदस्यहरुले गरेका हौ ।”

Shreekrishna

वि.स. २०५३ मा स्थापना भएको समूहको कोषमा रहेको रकम सहित प्रतिव्यक्ति रु. २५ हजार लगानी गरेको र नगरपालिकाले तालिम पनि दिएको पौडेलले बताउनुभयो । उद्योगमा ७ जनाले रोजगारी पाएका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

काठमाडौबाट कच्चा पदार्थ ल्याएर मेसिनमा प्रसोधन र प्याकेजीङ गरि बिक्री वितरण गरिएको छ । समूहका सचिव सिता सुवेदीले आयआर्जन वृद्धि, रोजगारी सिर्जना र आयात घटाउने उद्देश्यले सरफ उद्योग सञ्चालन गरेको बताउनुभयो ।

भिमाद बजार र आसपासका क्षेत्रको माग अनुसार सरफ उत्पादन गर्दै आएका उनिहरुले बजार बिस्तारको योजना बनाएका छन् । प्रतिकिलो रु. २०० र रु. ३५० पर्ने २ थरी सरफ उत्पादन गरिरहेको सचिव सुवेदीले बताउनुभयो ।

२ वर्षअघि देखि दर्ता गरि प्रक्रीया अघि बढाइएकोमा गत असोज देखि सरफ उत्पादन थालिएको थियो । आधा किलोग्रामको प्याकेटमा पनि सरफ उत्पादन गर्ने समूहको योजना छ । घरायसी र व्यक्तिगत कामबाट बचेको समय उद्योगमा काम गर्ने गरेका छन् ।

सबै मिलेर काम गर्ने र बचत भएको पैसा बाडफाट गर्ने गरिएको छ । स्थानीय स्तरमै उत्पादन हुन थालेपछि कपडा धुनका लागि आवश्यक पर्ने सरफ आयात हुन कम भएको छ । उनिहरुले सरफलाई ‘मातृशक्ति’ नाममा ब्राण्डीङ गरेका छन् ।

भिमादका शालिकराम गहतराजले स्थानीय स्तरमै गुणस्तरीय सरफ उपलब्ध भएपछि बाहिरबाट किनेर ल्याउन छाडेको बताउनुभयो । उहाँका अनुसार राम्रो गुणस्तर भएको हुँदा अधिकांशले यही ‘शक्ति’ प्रयोग गर्दै आएका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...