बेनी, २० वैशाख । पर्वतको जलजला गाउँपालिका –२ मल्लाजको दहमा एक महिना अघि भएको दम्पती हत्या घटनाका आरोपी लाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले कुश्मामा पत्रकार सम्मेलन गरि घटनामा संलग्न २ युवालाई सार्वजनिक गरेको हो । गत चैत १९ गते राति ६९ वर्षिय सूर्यबहादुर जिसी र उहाँको श्रीमती ६७ वर्षिय गमला जिसीको घर भित्रै बीभत्स हत्या भएको थियो ।
प्रहरीले जलजला २ नेपानेका कृष्ण बिक र कुश्मा नगरपालिका २ खुर्कोट घर भई जलजला २ बौर बस्ने दिपक दर्जीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो । दर्जी हाल पोखराको नयाँ बजारमा डेरा गरेर बस्न थालेका थिए । उहाँका अनुसार आरोपीले हत्या स्विकार गरेका छन् । पक्राउ परेकालाई अदालत बाट म्याद थपेर थप अनुसन्धान गरिने प्रहरीको भनाई छ ।
यसैगरी प्रहरीले हत्यामा सग्लन्नहरुले लुटपाट गरेको सुनलाई खरिद तथा तथा सुन गाल्नमा सग्लन्न हुने थप २ जनालाई पनि नियन्त्रणमा लिएको छ । पर्वत जिल्ला जलजला गाउँपालिका वडा न १ घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा न २५ हेम्जामा डेरा गरेर बस्ने बर्ष ६० का कर्णबहादुर विक लुटपाट भएको सुन गालेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा न ७ घर भइ वागलुङकै वडा न २ लोकतान्त्रिक चोकमा रहेको पूर्णिमा सुनचाँदी पसलका सञ्चालक परशुराम विकलाई सुन खरिद गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।
घटनाको जिल्ला प्रहरी कार्यालय पर्वत, म्याग्दी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले अनुसन्धान गरेको थियो । घटनाको को हत्या भएपछि केन्द्रिय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी कार्यालय, पर्वत प्रहरी कार्यालय र म्याग्दी प्रहरी कार्यालयको संयुक्त फोर्सले मिसन ‘लालि गुराँस’ नामको अनुसन्धान अप्रेसन चलाएको थियो ।
अनुसन्धानको शुक्ष्म अनुसन्धान गर्नु यो समूहको दायित्व थियो । हत्यामा संग्लन्न बारदात स्थलबाट फरार भएका कारण अनुसन्धान टोलीलाई अनुसन्धान गर्न जटिल थियो, यद्यपि टोलीले हत्यामा सग्लन्न २ जना आरोपीलाई पक्राउ गर्न सफल भएको छ ।
यस्तो छ घटना विवरण
हत्यामा सग्लन्न विक र दर्जीको चिनजाँन ६ महिना अघि भएको थियो । उनीहरु दुवै जीप चलाउने क्रममा चिनजान भएका साथीहरु हुन् । चैत १८ गते उनीहरु जलजला गाउँपालिकाि वडा न २ बौर बजारमय आइ भेट गरी बेनी बसपार्क पुगी नजिकको पसलबाट रक्सी, चाउचाउ र चटपट किनी बौर बजार हुँदै कालीगण्डकी नदकिो किनारमा बसी खाएका थिए ।
दिउँसो करिब ४ बजे तिर स्थानीय राममन्दिर हूँदै उनीहरु मृतक सूर्यबहादुर घर्ति र गमला घर्तिको पसल भएको घरमा पुगेका थिए । त्यहाँ पुगेका उनीहरुले करिब आधा घण्टा घर्ति दम्पत्तिसंग विभिन्न विषयमा कुरा खुलेको अनुसन्धानबाट खुलेको छ ।
उक्त समय देखि नै उनीहरुले लुटपाट गर्ने उद्देश्य बनाएको र मृतकले लगाएको गरगहना तथा घरको अवस्थाको बाहेमा उनीहरुले रेकी गरेको प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल भुषालले बताउनुभयो ।
सोहि दिन उनीहरु बेलुका ५।३० बजेको समयमा आरोपी कृष्णबहादुर विकको घरमा गएर सुतेका थिए । अनुसन्धान अधिकृतहरुका अनुसार चैत १९ गते ओरापी दुवै जनाले कृष्णबहादुर विकको घरमा खाना खाएर हँसिया, माछा मार्ने बल्छी र आफ्ना कपडा समेत लिएर कालीगण्डकी नदी किनारमा गएका थिए ।
दिन भर नदी किनारमा माछा मार्न बसेका उनीहरुले माछा जालमा नपरेपछि करिब ४ बजे तिर स्थानीय तिल्किनी स्थित बजारबाट रक्सी, चुरोट चाउचाउ किनेर नदी किनारको घुमाउने तालको पुल हुँदै दह तर्फ उकालो चढेका थिए । दह तर्फबाट उकाले लागेका उनीहरु बेलुका ८ बजेसम्म स्थानीय जंगलमा गाँजा, रक्सी र चाउचाउ खाएका थिए ।
पूर्ववर्त योजना बमोजीम ८ः३० बजे नै उनीहरुले लुटपाटको योजना बनाएर मृतकको घर आउँदै गर्दा जंगलमा आगो निभाउन मृतक सूर्यबहादुर जिसी लगाएतका स्थानीयलाई देखेपछि उनीहरु पुनः जंगलमा नै गएर लुकेर बसेका थिए ।
जंगलमा लागेको आगो निभाउने मानिस घरगए पछि रातको करिब १० बजे उनीहरु मृतकको घरमा गएको अनुसन्धानले देखाएको छ । पसल समेत रहेको घरमा गएर आरोपी कृष्णबहादुर विकले चुरोट किन्ने बहानामा ‘हजुरबुवा म कृष्ण हो,’ मलाई चुरोट दिनुहोस् भन्दै बोलाएका थिए ।
विकसंगै गएका दिपक दर्जीले चुरोट वापतको ७० रुपैंया समेत मृतक जिसीलाई दिएको अनुसन्धानबाट पुष्टि भएको छ । चुरोट दिएपछि मृतक सूर्यबहादुरले बाहिरको बत्ती किन बलेन भनेर टाउको बाहिर निकाल्दा कृष्णबहादुरले आफूसंगै रहेको लाठी टाउकोमा प्रहार गरेका थिए । घर बाहिरकोे बत्तिको ब्लब भने विक र दर्जीले यस अघि नै निकालेका फालेका थिए ।
मृतक सूर्यबहादुरको टाउकोमा चोट प्रहार पछि हार गुहार गर्दा उनकी श्रीमती गमला जिसी घरबाट निस्कन खोजेकी थिइन् । सोहि बेलामा दिपक दर्जीले लात्ताले बाहिरबाट मुल ढोकामा हानेर भित्र गई मृतक घर्तिलाई लात्ता तथा काठको लाठीले टाउकोमा प्रहार गरी हँसियाले घाँटी रेटी हत्या गरेका थिए ।
श्रीमतीको हत्या पछि उनीहरुले आफूसंगै लगेको सोहि हतियार टाउको तथा घाँटीमा प्रहार गरी सूर्यबहादुरको समेत हत्या गरेका थिए । हत्या गरेपछि सुन तथा नगद लुटपाट गरेका उनीहरु घर भन्दा माथिको मोटरबाटो हुँदै भाग्न खोजेका थिए, तर जंगलमा आगो निभाउने मान्छेहरु देखेपछि पुनः मृतकको घर हुँदै राम मन्दिर झरी पर्वत पट्टीको बाटो प्रयोग गरी मालढुंगा पुगेका थिए । मालुढुंगाबाट बस चढेका उनीहरु पोखरा पुगेर लुटपाट भएको सुन र नगद बाँडफाँड गरेका थिए ।
हत्या भएको भोलीपल्ट विहान थाहा पाए पछि प्रहरीको अनुसन्धान टोली त्यस तर्फ गएको थियो । अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकर समेतको प्रयोग गरे पनि हत्यारा भने पत्ता लागेका थिएनन् । प्रहरीले १ महिनाको लामो अनुसन्धान पछि आरोपीहरुलाई पक्राउ गरेको छ । आरोपीहरुले लुटपाट भएको सुन पोखरा स्थित कर्णबहादु विकलाई गाल्न दिएका थिए । गालेको सुन भने उनीहरुले बागलुङ बजारमा रहेको पूर्णिमा सुनचाँदी पसलमा परशुराम विकलाई बिक्री गरेका थिए ।
उनीहरुले झण्डै आधा तोला मात्र सुन लुटपाट गरी विक्री गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको पर्वत प्रहरी प्रमुख खुमलाल भुषालले जानकारी दिएका छन् । जिसी दम्पत्तीको हत्या लुटपाट गर्ने उद्देश्यले भएको अनुसन्धानका क्रममा खुलेको छ ।