शिख माविमा कम्प्युटर प्रयोगशाला उद्घाटन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

सुरेन गुरुङ
शिख ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख नमुना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान विषयको पठनपाठन सञ्चालनका लागि प्रवासीको सहयोगमा प्रयोगशाला स्थापना भएको छ ।

नयाँ शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा सञ्चालन गर्न लागिएको कम्प्युटर विज्ञान विषयको पठनपाठनका लागि शिख घर भई हाल बेलायतमा बसोबास गर्नुहुने दानबहादुर गर्बुजाको संयोजनमा जुटाइएको रु. १३ लाख सहयोगबाट कम्युटर प्रयोगशाला स्थापना गरिएको हो ।

प्रयोगशालाको अन्नपूर्ण गाउँपालिका–५ शिखका वडा अध्यक्ष राजेश तिलिजा पुन र जगबहादुर पुर्जाले मंगलबार उद्घाटन गर्नुभयो । विद्यालयका प्रअ केदार कार्कीले प्रवासीले सहयोग जुटाएर २० थान डेक्सटप कम्प्युटर सहयोग गरेका बताउनुभयो ।

Shreekrishna

“ग्रामिण क्षेत्रको विद्यालयमा प्रविधिमैत्री आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले कम्प्युटर विज्ञान विषयको पठनपाठन सञ्चालनको तयारी गरेका छौ,” उहाँले भन्नुभयो “विदेशमा रहनुभएका विद्यालयका पुर्व विद्यार्थी, अभिभावक र शुभचिन्तकहरुले २० थान डेक्सटप कम्प्युटर खरिद गर्नका लागि रु. १३ लाख जुटाउनु भएको थियो ।”

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

घनश्याम तिलिजा, लालबहादुर पाईजाका परिवारले गते चैत १७ गते ४ थान कम्प्युटर विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । पोखरा रहेका थप १६ थान कम्प्युटर ल्याएर जडान गरेपछि औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

शिख उपल्लोस्वारा घर भई हाल बेलायत निवासी घनश्याम तिलिजाको परिवारबाट ३ थान डेक्सटप कम्प्युटरको लागि रु. १ लाख ९५ हजार, विद्यालयको अतिरिक्त क्रियाकलाप कोषलाई रु. २ लाख नगद सहित ४ थान भलिबल, बास्केटबल र १ थान नेट गरि कुल रु. २ लाख ३६ हजार सहयोग गर्नुभएको छ ।

शिख मुलपानी घर भई हाल बेल्जियम निवासी लालबहादुर पाईजाको परिवारबाट १ थान डेक्सटप कम्प्युटर र छात्रावासका लागि रु. दश हजार गरि रु. ९५ हजार सहयोग गर्नुभएको छ । विद्यालयका पुर्व शिक्षक बेलबहादुर तिलिजाले बुवा बिराज तिलिजा र आमा हरिकला तिलिजाको नाममा छात्रावासका विद्यार्थीको भोजन सामग्रीका लागि रु. २ लाखको अक्षयकोष स्थापना गरि नगद हस्तान्तरण गर्नुभएको थियो ।

हाल बेलायत निवासी स्वातका जगबहादुर पुर्जाले भोजनका लागि रु. ११ हजार सहयोग गर्नुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बागबिर पाईजाको अध्यक्षता र प्रअ केदार कार्कीको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक खेमराज पुनले गर्नुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष राजेश तिलिजा, सहयोगदाता बेलबहादुर पुर्जा, जग बहादुर पुर्जाले मन्तब्य व्यक्त गर्नुभएको थियो । नयाँ भर्ना भएका १७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर स्वागत गरिएको थियो ।

कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयले गण्डकी प्रदेश सरकारको सहयोगमा आवासीय (छात्रावास) सञ्चालन गरेको छ । हाल ३० जना विद्यार्थीले छात्रावासको सुविधा लिएका छन् । प्रदेश सरकारले प्रति विद्यार्थी दैनिक रु. ६५ का दरले आवासीय विद्यार्थीलाई सहयोग गर्छ । अपुग रकम दाताहरुको सहयोगमा जुटाइएको छ । विद्यालयमा १६० जना भन्दा बढी विद्यार्थीहरु छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...