म्याग्दीमा तीन वर्षयता औलाका बिरामी शून्य

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दी जिल्लाबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा २ दशक अघिसम्म औलो रोग महारामारीका रुपमा रहेको थियो । सरकारले नेपाललाई सन २०२५ सम्म औलो उन्मुलन राष्ट्र बनाउने लक्ष्य राखेको छ ।

पछिल्लो ३ वर्षयता औलाका रोगी फेला नपरेकाले औलो उन्मुलन भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो । “मापदण्ड अनुसार म्याग्दीमा वार्षिक एक हजार ४०० जना लक्ष्यण देखिएका बिरामीको औलो परिक्षण गरिदै आएको छ,” उहाँले भन्नुभयो “पछिल्लो ३ वर्षयता औलोका बिरामी नभेटिएकाले औलो उन्मुलन भएको घोषणा गर्न सकिने आधार बनेको छ ।”

सचेतनामुलक कार्यक्रम, समुदाय स्तरमा सावधानी, उपचारमा पहुँच बृद्धी, स्वास्थ्य चौकी तहमा परिक्षण गरि औलोका बिरामी पहिचान गर्न थालेपछि औलो उन्मुलन हुन थालेको स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुवेदीले बताउनुभयो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

उहाँका अनुसार गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७९÷८० मा २६, २०७८÷०७९ मा १३ र २०७७÷०७८ मा १२ जना औलोका रोगी भेटिएका थिए । उनिहरु सबै आयातित औलोका बिरामी हुन् । विदेश अथवा जोखिमयुक्त ठाउँबाट आएका व्यक्तिलाई ४५ दिनभित्र देखिने औलोलाई आयातित र एकै ठाउँमा रहेका व्यक्तिमा देखिने औलोलाई स्थानीय भन्ने गरिएको छ ।
तापक्रम वृद्धिको असर, विदेशी मुलकमा हुने आवत जावत, पर्यटक, जोखिमयुक्त ठाउमा यातायात सम्बन्ध आदीका कारणले आयातित औलोको जोखिम रहेको स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य निरिक्षक राजेन्द्र सापकोटाले बताउनुभयो ।

“औलोको जोखिम रहेको भारतका धेरै नागरिक तिर्थयात्रीका रुपमा म्याग्दी र मुस्ताङमा आउने भएको हुँदा उनिहरुसँगै आयातित औलो भित्र्ने जोखिम छ,” उहाँले भन्नुभयो “शंकास्पद बिरामीको परिक्षण र अभिलेख व्यवस्थापनलाई व्यवस्थित तथा प्रभावकारी बनाउन आवश्यक छ ।”

ज्वरो आउने, कमजोरी हुँदै जाने, एक दिन बिराएर वा दुई दिनमा ज्वरो आउने, जाडो भएजस्तो हुने, सिरक ओढ्दा तत्काल पसिना आउने आदि औलोका लक्षण हुन् । फाल्सिफोरम परजीवीका कारण हुने औलोमा इन्सेफलाइटिस या मेनेन्जाइटिसको जस्तो दिमागमा असर गर्ने र मिर्गौलामा असर गर्ने हुँदा पिसाबमा रगत मिसिएर आउन सक्छ ।

औलोबाट बच्नका लागि घरभित्र लामखुट्टे मार्ने औषधि छर्कने, झुल लगाएर मात्र सुत्ने, घर वरपर पानी जम्ने खाल्डाखुल्डी छन् भने पुरिदिने या पानी जम्न नदिने, घरवरपर सरसफाइ राख्ने, घरमा कसैलाई औलो लागेको छ र अरुलाई पनि लक्षण देखिएमा तत्काल जाँच गराउन चिकित्सकले आग्रह गरेका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...