मंगलाका किशोरीहरुलाई आत्मरक्षा तालिम

Gandaki Kotihome

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकाका किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिएको छ ।

किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित यौनजन्य दुव्र्यवहारको विरुद्ध प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यले वैशाख ६ देखि ९ गतेसम्म गाउँपालिकाको केन्द्र बाबियाचौरमा तालिम सञ्चालन गरिएको हो ।

मंगला गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग एवं मिलन म्याग्दीको आयोजना र व्यवस्थापनमा सञ्चालन भएको तालिममा ९ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट महिला शिक्षकसहित ३६ जना किशोरीहरुले सहभागिता जनाएका थिए ।

Shreekrishna hardwear in news

प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेल, सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, प्रहरी निरीक्षक कृष्ण विश्वकर्मा, गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख अनिताकुमारी शर्मा, नवीन आनन्द योग केन्द्र बेनीका योग प्रशिक्षक नवीन जुग्जाली, प्रहरी जवान अनिता दर्लामी र संगीता थारुले सहजीकरण गर्नुभएको थियो ।

आत्मरक्षाको सिप विकास, सकारात्मक सोच तथा योग आसन, समाज रुपान्तरणमा किशोरकिशोरीहरुको भूमिका, जीवनरक्षा सम्बन्धी प्रयोगात्मक अभ्यास, संस्कृति तथा कला प्रदर्शनी, यौनजन्य वृद्धि विकासको व्यवस्थापन, आत्मरक्षा सिपको व्यवहारिक अभ्यास, सफल नेतृत्व विकास सम्बन्धी कला, साइबर सुरक्षा एवं घरेलु हिंसा न्यूनीकरण, बाल अधिकारका आयामहरु, बाल बचाउ, संरक्षण र सहभागिता, लैङ्गिक हिंसा न्यूनीकरण तथा सामाजिक विकासको सम्बन्धलगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।

Notice about ban dadalo

तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीले तालिमको सद्धान्तिक र प्रयोगात्मक अभ्यासको क्रममा सिकेका ज्ञान, सिपलाई आगामी दिनमा व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिनुभयो ।

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पालिकामार्फत सिप विकास तथा सचेतनामूलक तालिम कार्यक्रमहरुलाई जोड दिइने बताउनुभयो । तालिमको समापनसत्र सहभागी दिया पुनले सञ्चालन गर्नुभएको थियो ।

पछिल्लो समय देशमा महिला तथा बालबालिकाहरुमाथि बढ्दै गैरहेको विभिन्न प्रकृतिका हिंसाहरुको न्यूनीकरणमा सहयोग पु¥याउन र तालिमबाट विद्यालय उमेर समूहका किशोरीहरुलाई सक्षम बनाउन तालिम सञ्चालन गरिएको मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले जानकारी दिनुभयो ।

उहाँले गतवर्ष जिल्लाको विभिन्न स्थानमा आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन गरिएको हुँदा यसवर्ष पनि सामाजिक विकास कार्यालय र पालिकाहरुसँगको समन्वयमा तालिमलाई अभियानको रुपमा चलाइएको बताउनुभयो ।

तालिममा सहभागी मंगला गाउँपालिकाअन्तर्गत विभिन्न विद्यालयहरुका किशोरीहरुले आत्मरक्षा सम्बन्धी क्षमता विकास तालिममार्फत आफूहरुले ज्ञान, सिपसम्बन्धी धेरै जानकारीहरु पाएको अनुभव सुनाएका छन् ।

तालिमबाट हिंसाजन्य गतिविधि र आत्मरक्षाको लागि गर्न सकिने प्रतिकार तथा विभिन्न उपायहरुको बारेमा सिकेको बताउँदै अब आफूहरुमाथि कोही आइलागेको खण्डमा जाइलाग्ने तालिमका सहभागी महेन्द्ररत्न मावि बरंजाकी छात्रा एलिसा विश्वकर्माले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...