टिप्पर दुर्घटनामा १ जनाको मृत्यु, ३ जना घाइते

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–७ गैरावारीमा शनिबार भएको टिप्पर दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

घ्यासीखर्क देखि बेनीतर्फ जादै गरेको लु२प ६११२ नम्बरको टिप्पर दुर्घटना हुँदा सव ईञ्जिनियर, चालक र सहचालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक कुमार गुरुङका अनुसार दाङको लमही नगरपालिका–८ उसानिबुका ४० वर्षीय बिरबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

Shreekrishna

टिप्परका चालक रुपन्देहीको बुटवलका ४० वर्षीय कमल बज्रचार्य र सहचालक नवलपरासीको त्रिवेणी गाउँपालिका–६ का १८ वर्षीय राहुल सिंह ठकुरीलाई उपचारका लागि पोखरा लगिएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

नेपाल रेडक्रस सोसाइटी चिमखोला उपशाखाका उपसभापति ओमबहादुर पुनले प्रहरी, सेना, रेडक्रसकर्मी, स्थानीयबासीहरुले घाइतेलाई उद्दार गरि एयर डाइनेष्टिको हेलिकप्टर मार्फत मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको जानकारी दिनुभयो ।

चिमखोला स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरि घाइतेलाई पोखरा पठाईएको हो । अर्का घाइते रामेछाप शेर्पा कन्ट्रक्सनका सव ईञ्जिनियरलाई उपचारका लागि बेनी अस्पतालमा पठाइएको पुनले बताउनुभयो ।

चिमखोला–दर्मिजा कच्चि सडक देखि करिब १०० मिटर तल टिप्पर खसेको थियो । दुर्घटनको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।

तुण्डी हाइड्रोपावर प्रर्वद्धक रहेको मंगले राहुघाट जलविद्युत आयोजनाको ठेकेदार कम्पनी रामेछाप शेर्पा कन्ट्रक्सनको गोदाममा सिमेन्ट पु¥याएर फर्कदै गरेको टिपर दुर्घटनामा परेको हो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...