पर्यटकीय सम्भावना र चुनौति खोज्दै गण्डकीको पर्यटन मन्त्रालय

Shreekrishna hardware

घोडेपानी, ः गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकीय क्षेत्रको सम्भावना र चुनौतिको पहिचानका लागि अध्ययन थालेको छ ।

हालै पर्यटकीय राजधानी घोषणा भएको पोखरामा पर्यटक आगमन बढाउन र बसाई लम्बाउनका लागि नयाँ गन्तब्यको पहिचान र स्थापित गन्तब्यको प्रर्वद्धनका लागि स्थलगत अध्ययन गर्न मन्त्रालयको टोली मंगलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी आएको छ ।
मन्त्रालयका उपसचिव रामप्रसाद आचार्यले सम्भावनायुक्त पर्यटकीय गन्तब्य पहिचान र स्थापित गन्तब्यको प्रर्वद्धनका लागि समस्या, आवश्यकता पहिचान गर्न स्थलगत अध्ययन थालिएको जानकारी दिनुभयो ।

“पोखरा र आसपासका क्षेत्रमा पर्यटक आगमन बढाउने, बसाई लम्बाउने र सेवाको गुणस्तरीयता कायम गर्न सम्भावनायुक्त पर्यटकीय स्थलमा पुगेर अध्ययन गर्न आएका हौ,” उहाँले भन्नुभयो “म्याग्दीको घोडेपानी–पुनहिल क्षेत्रलाई पोखराको सहायक गन्तब्यको रुपमा विकास गर्न सकिने सम्भावना देखेर सरोकारवालासँग छलफलका लागि आएका हौ ।”

Shreekrishna

मन्त्रालयका सचिव कुमान सिंह गुरुङको नेतृत्वमा आएको टोलीले स्थानीय होटल व्यवसायी, जनप्रतिनिधी, पर्यटक, पर्यटन व्यवसायीहरुसँग समस्या, सम्भावना र समाधानका लागि गर्नुपर्ने कामको बारेमा छलफल गरेको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

सचिव गुरुङ पर्यटकीय क्षेत्रका सरोकारवालाहरुको सुझावलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटिने बताउनुभयो । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा पनि सुुझावहरुलाई समावेश गरिने उहाँको भनाई छ ।

अन्नपूर्ण गाउँपालिकाका पुर्व अध्यक्ष डमबहादुर पुन र अन्नपूूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले सडकको पहुँच, पोखरा देखि घोडेपानीसम्म बस सेवा सञ्चालन, प्रचारप्रसारका कारण आन्तरिक पर्यटकको आगमन बढेको बताउनुभयो । घोडेपानीमा पर्यटकको बसाई लम्बाउन गुराँस पार्क, घोडा र साइकल मार्ग निर्माण गरिएको जानकारी गराउदै घोडेपानीको संग्राहलयलाई व्यवस्थित बनाउन सहयोगको अपेक्षा गर्नुभयो ।

घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुन, टोल सुधार समितिका उपाध्यक्ष जुली पुन, होटल व्यवसायी भिम गर्बुजा, टेकसर बुुद्धुजा, आमा समूहका अध्यक्ष तारा पुुन, लगायतले घोडेपानीको गुुरासँको संरक्षण, सिसा र पलास्टिक जन्य फोहोर व्यवस्थापन, सडकका कारण विस्थापित पदमार्गको वैकल्पिक पैदलमार्ग निर्माण, सडक र विद्युुत सेवालाई गुणस्तरीय बनाउन आवश्यक रहेको बताउनुभयो ।

पथप्रर्दशक रञ्जितबहादुर थापाले पर्यटकहरुलाई दोहोर तेहोरो शूल्क लिन नहुने र सार्वजनिक यातायातमा पर्यटकलाई नेपाली सरहकै भाडादर कायम गर्न सुझाव दिनुभयो । नेपाली र विदेशी पर्यटकलाई संयोजन गर्नुपर्ने उहाँको भनाई छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...