गैरसरकारी संस्था महासंघ म्याग्दीको अध्यक्षमा दिपक दोहोरीए

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको आइतबार बेनीमा सम्पन्न १९ औ वार्षिक साधारणसभा तथा १० औ अधिवेशनबाट पुन ः दिपक पौडेल दोस्रो कार्यकालको लागि अध्यक्षमा चयन हुनुभएको छ ।

महासंंघको उपाध्यक्षमा निरमाया मिजार, सचिवमा कमला बानियाँ थापा, सहसचिवमा खुमबहादुर किसान, कोषाध्यक्षमा भीमबहादुर रिजाल र सदस्यहरुमा क्रमश ः गौरी थापा, शर्मिला पुन, नम्रता पौडेल खत्री, मुक्तमान केसी, विष्णु गुरुङ र भीमबहादुर गुरुङ चयन हुनुभएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज राजेन्द्र पौडेलले शपथग्रहण गराउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी, सचिव भवराज रेग्मी र गण्डकी प्रदेश अध्यक्ष गोपाल खड्काले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै जिल्लामा गैरसरकारी संघसंस्थालाई सक्रिय बनाउन र समुदायमा सचेतनामूलक गतिविधिहरु सञ्चालनमा जोड गर्न सुझाव र निर्देशन दिनुभयो ।

Shreekrishna

कार्यक्रममा संविधानसभा सदस्यद्वय गोविन्द पौडेल र रेशमबहादुर बानियाँले गैरसरकारी संघसंस्थाका कार्यक्रमहरु पारदर्शी बनाउँदै समाज रुपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उक्त कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका प्रतिनिधि क्या. मिनबहादुर कार्की, नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, सामाजिक विकास कार्यालय प्रमुख रमेश थापा, गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष हरिप्रसाद पौडेल, पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेल र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको अवसरमा गैरसरकारी संस्थाको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पूर्व अध्यक्षद्वय हरिप्रसाद पौडेल, भरत केसी, गण्डकी प्रदेश कोषाध्यक्ष मुक्तिप्रसाद ढुङ्गाना र महासंघ म्याग्दीका पूर्व कोषाध्यक्ष ज्योति लामिछानेलाई सम्मान गरिएको थियो । कार्यक्रममा महासंघका निवर्तमान सचिव मिजारले प्रगति प्रतिवेदन पस्तुत गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...