गण्डकीमा म्याग्दी उद्योग वाणिज्य संघ उत्कृष्ट

Gandaki Kotihome

बेनी, । नेपाल उद्योग वाणिज्य महासंघले गण्डकी प्रदेशमा म्याग्दी उद्योग वाणिज्य संघ लाइ उत्कृष्ट घोषित गर्दै सम्मान गरेको छ ।

शनिबार सम्पन्न भएको ७ औं प्रदेश सभा बाट गण्डकी प्रदेश भित्रका २१ वटा जिल्ला ÷ नगर उद्योग वाणिज्य संघहरु मध्ये म्याग्दी उद्योग वाणिज्य संघलाई उत्कृष्टताको प्रमाणपत्र सहित सम्मान गरिएको हो ।

Notice about ban dadalo

आर्थिक, सामाजिक तथा नियमित गतिविधि, उद्योग ब्यापारीको हक–हितमा लक्षित गरी विभिन्न कार्यक्रम, सचिवालय ब्यवस्थापन, ब्यवसायी हितकोष तथा जिल्लास्तरमा हुने विभिन्न गतिविधिमा सक्रिय भूमिका लगायतमा गण्डकी प्रदेशभित्रका अन्य उद्योग वाणिज्य संघमा अब्बल रहेको भन्दै कदरपत्रले सम्मान गरिएको छ ।

Shreekrishna hardwear in news

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र ढकालले म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठलाई कदरपत्रले सम्मान गर्नुभएको थियो । सम्मानपछि अध्यक्ष श्रेष्ठले जिल्लाका सम्पूर्ण संघ संस्था,संचारकर्मी,राजनीतिक दल, सरकारी निकाय, स्थानीय सरकार लगायतको साथ र सहयोगबाट सम्मानित हुने अवसर मिलेको बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बेलबहादुर कटुवालले समेत कार्यसम्पादनको उचित मुल्यांकन भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशलाई धन्यवाद दिनुभएको छ । गतबर्ष लेखनाथ उद्योग वाणिज्य संघ उत्कृष्ट घोषित भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...