
बेनी, । म्याग्दीको बेनी नगरपालिका ४ की एक वृद्धा एक सय वर्ष उमेर पुरा गरेको अवसरमा उहाँका परिवारले विद्यार्थीलाई शैक्षिक सामग्री उपहार दिएका छन् ।
बास्कुनाकी गौमति खत्री १०० वर्ष पुग्नुभएको अवसरमा धवलागिरी मावि सिंगा र सरस्वती मावि तातोपानीबाट एसईई दिने विद्यार्थीहरुलाई कापी र कलम उपहार दिइएको हो ।

गौमतिका पनाती समेत रहनुभएका वडा सदस्य सन्दिप खत्री (केन)ले शैक्षिक सामग्री वितरण गर्नुभएको थियो । जिजु हजुरआमा १०० वर्ष पुग्नुभएको अवसरमा जन्मदिन मनाउन हुने फजुल खर्च न्युनीकरण गरि विद्यार्थीलाई प्रोत्साहन मिल्ने काम गरेको खत्रीले बताउनुभयो ।

खत्रीको नाममा उहाँका परिवारले गौमती खत्री विकास कोष स्थापना गरेर विभिन्न सामाजिक काम गर्दैै आउनु भएको छ ।
