म्याग्दीका आयोजनाहरुमा बजेट व्यवस्थाका लागि प्रधानमन्त्री र मन्त्रीहरुसँग भेटघाट

Gandaki Kotihome

बेनी ः म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले जिल्लाका दुरगामी महत्वका विकास आयोजनामा बजेट व्यवस्थापनका लागि आज प्रधानमन्त्री र विभागीय मन्त्रीहरुको ध्यानाकर्षण गराउनु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), अर्थमन्त्री बर्षमान पुन, उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँघको भेटघाटमा संघीय सरकार मार्फत म्याग्दीमा सञ्चालित आयोजना निर्माणलाई गति दिने विषयमा पनि छलफल भएको छ ।

भेटघाटमा गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक रेशम बहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, माओवादी केन्द्रका युवा नेता नगेन्द्र केसी सहभागी हुनुभएको थियो ।

Upper Myagdi transmition line notice

माओवादी केन्द्रका केन्द्रिय सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज दिननाथ शर्मा र गण्डकी प्रदेशसभाको संसददीय दलका नेता हरिबहादुर चुमान समेत सहभागी प्रधानमन्त्री दाहालसँगको भेटघाटमा गण्डकी प्रदेशमा नयाँ सरकार गठनका विषयमा पनि छलफल भएको सांसद भण्डारीले बताउनुभयो ।

Annapurna aarohan ko notice

“भेटघाटका क्रममा म्याग्दीका विकास आयोजना कार्यान्वयनको अवस्था र थप आयोजना, नीति निर्माण र राजनीतिक विषयमा छलफल भयो,” सांसद भण्डारीले भन्नुभयो “बेनी अस्पतालको भवन, मालढुंगा–बेनी, बेनी–जोमसोम सडक, बृहत पिप्ले–भगवती, घोप्टेखोला खानेपानी लगायत संघीय सरकार मार्फत सञ्चालित योजनामा भएको ढिलाईका विषयमा ध्यानाकर्षण गराएका छौ ।”

बृहत पिप्ले–भगवती खानेपानी आयोजनाका लागि खानेपानी मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको प्रस्ताव स्विकृत गर्न अर्थमन्त्री पुनलाई अनुरोध गरिएको भण्डारीले बताउनुभयो । प्रधानमन्त्री, अर्थमन्त्री र योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठलाई बेनी नगरपालिका–४ सिंगाको आगेबगर मोटरेबल पुल, बेनी–दरवाङ–मुना–जलजला– ढोरपाटन– रुकुम पुर्व जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको बैकल्पिक मार्ग बनाउन प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट व्यवस्था मिलाउन पनि अर्थमन्त्रीलाई टोलीले अनुरोध गरेको टोलीले जनाएको छ । उर्जा, जलस्रोत तथा सिचाई मन्त्रीसँग बेनी बजार संरक्षण आयोजनालाई पूर्णता दिन थप बजेट व्यवस्थापन, बगरफाँट, सिंगा, तातोपानी, बाबियाचौर, दरवाङ, गलेश्वर, तिप्ल्याङ, भुरुङ्ग–तातोपानी, पोखरेबगर लगायत तटीय बस्ती संरक्षणका लागि नयाँ आयोजना माग, निर्माणाधिन राहुघाट लगायत जलविद्युत, विद्युतिकरण र प्रशारण लाइन आयोजनालाई गति दिने विषयमा छलफल भएको थियो ।

टोलीले सहरी विकास मन्त्री धनबहादुर बुढा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबिर महासेठ, खानेपानी मन्त्री राजेन्द्र राई, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङसँग पनि भेटघाट गरेर विकास आयोजनाहरुमा बजेट व्यवस्थापनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...