लोकदिप सहकारीको स्थापना दिवसको अवसरमा रक्तदान

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

लोकदीप बचत तथा ऋण सहकारी संस्था लि. को ११औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा १८ पिन्ट रगत संकलन गरिएको छ ।

सहकारीले स्थापना दिवसको अवसरमा सञ्चालन गरेको साताब्यापी कार्यक्रम अन्तरगत पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले म्याग्दीमा रगतको अभावकै कारण कसैले ज्यान गुमाउन नपरेको र यहाँ संकलन भएको रगतलाई बाहिरी जिल्लामा समेत पठाउने गरेको बताउनुभयो ।रक्तदान कार्यक्रम अत्यन्त सराह्रनीय रहेकाले आगामी दिनमा पनि सामाजिक गतिविधिहरुलाई निरन्तरता दिनुपर्नेमा सभापति बानियाँको जोड थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमको अध्यक्षता सहरकारीकी अध्यक्ष प्रमिला जोशी श्रेष्ठ, स्वागत उपाध्यक्ष देबेन्द्र पौडेल र सञ्चालन सचिव अर्जुन पौडेलले गरेका थिए। बेनी अस्पतालभित्र रहेको रक्तसंचार केन्द्रमा रगतको अभावकै कारण बिरामीको उपचारमा समस्या भएको जानकारी पाउँदा वित्तिकै रक्तदानका लागि दाताहरु तत्कालै पुग्ने गरेका छन् ।

Shreekrishna

म्याग्दीमा संकलन गरिएको रगत बागलुङ, पर्वत र कास्कीका बिरामीका लागि पठाउने गरिन्छ । निशुल्क रक्तदान र रगत प्रयोग गर्ने बिरामीले समेत अहिले शुल्क तिर्नुपदैन । डेढदशक यता रगतकै अभावका कारण म्याग्दीमा कुनैपनि बिरामीले मृत्युवरण गर्नुपरेको छैन् । सहकारीले स्थापना दिवसको अवसरमा बालगृहका बालबालिका, स्वास्थ्य शिविर, सहकारी शिक्षा,वित्तिय साक्षरता कार्यक्तम सहित विभिन्न कार्यक्रम गरी साताब्यापी कार्यक्रम गर्ने सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...