बेनी–जोमसोम सडकका पहिरो नियन्त्रणमा बजेट अभाव

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

म्याग्दी, ः राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट अभाव भएको छ ।

तत्काल पहिरो नियन्त्रणको काम गर्न नसके बर्खामा नियमित यातायात सञ्चालन गर्न समस्या हुनुका साथै निर्माण भएका संरचनामा क्षति पुग्ने देखिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख धु्रब झाले म्याग्दीको राहुघाट देखि मुस्ताङको घाँसा खण्डमा १४ वटा पहिरोले ५ किलोमिटर सडक जोखिममा रहेको जानकारी दिनुभयो ।

“बेनी–घाँसा खण्डको करिब ४० किलोमिटर सडकमा १४ वटा ठूलो पहिरो पहिचान भएको छ,” उहाँले भन्नुभयो “सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यही अनुरुप डिपिआर निर्माण नगरिएकाले नियन्त्रणका लागि थप बजेट मागेका छौ ।”

Shreekrishna

बेनी–जोमसोम सडकमा तत्काल पहिरो रोकथामका लागि आवश्यक रु. ८० लाख बजेट माग गरेर भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा प्रस्ताव पठाएपनि निर्णयमा ढिलाई भएको आयोजना प्रमुख झाले गुनासो गर्नुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

बैंसरी खण्डका साथै अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने रुप्से झरनादेखि काभ्रेभिर क्षेत्रमा करिब पाँचसय मिटर क्षेत्रमा माथिबाट पहिरो झर्ने र तलबाट सडक भासिने गर्छ । त्यस्तै सोही वडाको खाम भित्ता, गुइँठेभीर, लाटाखोलामा पनि वर्षेनी निरन्तर माथिबाट पहिरो झर्ने गरेको छ । यस्तै, अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने नागढुङ्गा, भुरुङभीर, वडा नम्बर–६ मा पर्ने टिम्मुरेभिर क्षेत्रको साँघुरो भूगोल, छेउकै कालिगण्डकी नदी र बारम्बार माथिबाट खस्ने पहिरोले सडक जोखिम बनाएको छ ।

रघुगङ्गा गाउँपालिका वडा नम्बर–१ बेगखोला, वडा नम्बर –२ मासखर्क, कुनौटो, रिठाबोट, वडा नम्बर –३ मा पर्ने चमेरे र गलेश्वर पारी पहिरोको जोखिम छ । भूगर्भविदहरुले गरेको अध्ययन अनुसार कमजोर भूगोल रहेका गलेश्वर, खामभित्तामा तल निर्मित सडकले बलियो संरक्षणका संरचना नबनाएको र माथिल्लो खण्डमा पनि संरक्षण विना डोजर चलाएर सडक खनिएकाले पहिरो गएको देखाएको छ ।

सडक निर्माण शुुरु गर्नुअघि सम्भावित पहिरो जाने स्थानको पहिचान र रोकथामका लागि कुनै अध्ययन गरिएको थिएन् । जसका कारण अहिले सडकमा पहिरोले जोखिम निम्त्याएको छ । पहिरोका कारण वर्षातका समयमा यातायात प्रभावित हुने गरेको छ । यात्रुले सास्ती भोग्दै आएका छन् ।

बेनी–जोमसोम–कोरोला सडकको सर्वे, डिजाइन गर्दादेखि ठेक्का भई सडक निर्माण भइरहँदा कतै पनि पहिरोको अवस्था अध्ययन गरिएको थिएन । कोरिडोरको म्याग्दी खण्डको सडकको अधिकांश भागमा पहिरोको जोखिम छ । बेनीदेखि घाँससम्म बर्षेनी पहिरोले दुःख दिने गरेको छ भने सवारी दुर्घटना पनि निम्त्याएको छ ।

बेनी–जोमसोम सडकका पहिरोको दिर्घकालीन समाधानका लागि अल्पकालिन र दिर्घकालिन योजना सञ्चालन गर्न सुझाव दिइएको छ । तत्कालीन रुपमा कटानको जोखिममा रहेको ठाउँमा कालीगण्डकीलाई डाइभर्सन र माथीबाट खस्ने पहिरो रोकथामका लागि भूमिगत पानी व्यवस्थापन गर्न बजेट अभाव भएको आयोजना प्रमुख झाले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...