तोरीपानी र पात्लेखेतमा प्रभुको वित्तीय साक्षरता कार्यक्रम

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीको बेनी नगरपालिका– ९ तोरीपानी र वडा नं. १० पात्लेखेतमा मंगलबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

प्रभु बैंक लिमिटेड बेनी शाखाको आयोजनामा तोरीपानीको गलेश्वर माविका विद्यार्थी र पात्लेखेत युवा क्लवका सदस्यहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिइएको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना
Shreekrishna

‘आफ्नो पैसाको रक्षा गरौ, आफ्नो भविष्यको सुरक्षा गरौ’ भन्ने नाराका साथ ग्लोबल मनी सप्ताह २०२४ को अवसरमा कार्यक्रम गरिएको बैंकका सहायक प्रबन्धक सहदेव अधिकारीले जानकारी दिनुभयो ।

तोरीपानीमा ६० जना र पात्लेखेतमा २० जनाको सहभागिता रहेको थियो । प्रभु बैंकको बेनी शाखाका प्रबन्धक बिनोद केसीले बैंकका सुविधा, फाइदा, बचत र कारोबार गर्दा ध्यान दिनुपर्ने विषय, पुजिँ निर्माण, ऋणको प्रभावकारी परिचालनका विषयमा जानकारी गराउनु भएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...