बेनी अस्पतालको भवनका ठेकेदारले ढिलासुस्तिले नागरिकलाई सास्ती

khali

बेनी, ः कार्ययोजना र लक्ष्य अनुसार काम भएको भए म्याग्दीको बेनी अस्पतालको भवन निर्माण कार्य ४ वर्षअघिनै सम्पन्न हुनुपर्ने थियो ।

तर शुरु गरेको ७ वर्षमा पनि बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माण कार्य पुरा भएको छैन् । चार वर्षअघि सकिनुपर्ने भवनको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत छ । भवन निर्माणमा भएको ढिलासुस्तिका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

“५० शैया क्षमता भएपनि १५ शैयाको संरचना र पूर्वाधारबाट सेवा दिनुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो “अस्थायी, पुराना र साघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।” म्याग्दीका साथै पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने अस्पतालले ६ वर्षयता अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको छ ।

Shreekrishna hardwear in news

सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङले बि.स. २०७३ मङसिर २१ गते भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग रु. १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो ।

रु. २४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको भवन बि.स. २०७६ मंसिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । चौथो पटक थपिएको म्याद यही चैतमा सकिदैछ । दैनिक ५÷६ जनाको अनुपातमा मजदुरले काम गर्दै आएका छन् ।

आयोजनाका प्रमुख सुनिता श्रेष्ठका अनुसार ४ हजार ९६३ बर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चार तले तीन वटा भवनको ढलान सकिएको छ । पलास्टर, झ्यालढोका राख्न, विद्युत, पानी जडान, रंगरोगन र टायल राख्न बाँकी छ ।

khali

“ठेकेदारले कार्यस्थल पनि छाडेका छैनन, कामलाई गति पनि दिएका छैनन,” उहाँले भन्नुभयो “पछिल्लो पटक पेश गरेको कार्यायोजना अनुसार निर्माणलाई तिब्रता नदिए ठेक्का तोडेर कालोसूचिमा राख्ने प्रक्रीया अघि बढाएका छौ ।”

हालम्म रु. १४ करोड भुक्तानी भइसकेको भवनको भौतिक प्रगति ७५ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षमा रु. ६८ लाख बजेट बिनियोजन भएको छ । थप बजेट व्यवस्थापनका लागि रकमान्तर गर्न मन्त्रालयमा प्रस्ताव पठाएको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।

१५ शैया क्षमत्ताको अस्पताल वि.स. २०७२ मा पचास शैयामा स्तरउन्नति भएको थियो । नयाँ भवन बनाउन अस्पतालको पुरानो भवन भत्काइएको थियो । बहिरंग कक्षको सेवा अस्थाई भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरंग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ ।

अस्पतालका प्रमुख चिकित्सक डा.अञ्जु थापाले भवन अभावमा विशेषज्ञ चिकित्सक आउन नमान्ने, म्याग्दीले पाउनुपर्ने हब अस्पतालको कार्यक्रम अन्यत्र जिल्लामा गएको बताइन् । सघन उपचार कक्ष (आइसीयु) र डायलाइसीस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ ।

भुकम्प प्रतिरोधी क्षमत्ताको भवन अपाङ्ग मैत्री समेत हुनेछ । भुईतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा ईमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेशन थियटर, बहिरंग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ ।

भवन निर्माणमा भएको ढिलासुस्तिका विषयमा पालिका, जिल्ला, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधीले सम्बद्ध आयोजना कार्यालय, सहरी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराउदै आएका छन् ।

गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह सञ्चालक रहेको फर्म समेत आवद्ध रहेको भवन निर्माणमा लापरबाही भएको बताउनुभयो ।

“कारबाहीबाट बच्नका लागि ४,५ जना मात्र कामदार राखिराख्ने गरेका देखिन्छ,” उहाँले भन्नुभयो “महासंघकै अध्यक्ष संलग्न आयोजना निर्माणमा लापरबाही हुनुमा निर्माण व्यवसायीको गलत नियत र पदको दुरुपयोग हो ।”

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...