गाउँमै मिनिटेलर मर्मत गर्ने जनशक्ति तयार

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका ४३ जनालाई मिनिटेलर हलो मर्मत सम्बन्धी सिपमुलक तालिम प्रदान गरिएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा कृषि शाखाले ताकम र मराङमा ७÷७ दिने तालिम सञ्चालन गरेको हो । तालिममा ४३ जनालाई खेतबारी खनजोतमा प्रयोग हुने मिनिटेलर हलो मर्मत सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिप प्रदान गरिएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक अमृत थापाले बताउनुभयो ।

२, ३, ४ र ७ नम्बर वडाका २१ जनालाई ताकममा, वडा नम्बर ५ र ६ का २३ जनालाई बासिन्दालाई मराङमा तालिम सञ्चालन भएको थियो । ग्रामिण क्षेत्रमा खेतबारी खनजोतका लागि गोरुको विकल्पमा मिनिटेलर हलोको प्रयोग बढेको छ ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

गाउँपालिका, कृषि ज्ञान केन्द्र र अन्य निकायहरुले अनुदानमा मिनिटेलर हलो वितरण गरेका छन् । मिनिटेलर हलो मर्मत गर्न सदरमुकाम बेनी पुग्नुपर्ने अथवा बेनीबाट प्राविधिक बोलाउनुपर्दा कृषकहरुलाई समस्या परेको थियो ।

गाउँमै मिनिटेलर हलो मर्मत गर्ने सिपयुक्त जनशक्ति तयार गर्ने उद्देश्यले आवेदन पेश गरेका ईच्छुक सबैलाई तालिम दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सुवेदीले बताउनुभयो ।

तालिममा सहभागीहरुलाई मिनिटेलर हलो मर्मतका लागि आवश्यक पर्ने उपकरण पनि उपलब्ध गराइएको छ । दिपक किसानले तालिमको सहजिकरण गर्नुभएको थियो । धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले कृषि औजार मर्मत गर्ने सिपयुक्त जनशक्ति भएपछि कृषकहरुलाई सहज हुने र मर्मतका लागि बजार पुग्नुपर्ने अवस्था हट्ने बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...