बृहत घोप्टेखोला खानेपानी आयोजनाका लागि रु. ४८ करोड बजेट व्यवस्थापन

Gandaki Kotihome

बेनी, । संघीय सरकारले म्याग्दीको बृहत घोप्टेखोला आयोजनाका लागि रु. ४८ भन्दा बढीको बजेट व्यवस्थापन गरेको छ ।

खानेपानी मन्त्रालयको सिफारिसमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दी मार्फत कार्यान्वयन हुने गरि अर्थ मन्त्रालयले बृहत घोप्टे खोला खानेपानी आयोजनाका लागि रु. ४८ करोड १६ लाख ५० हजार बजेट स्वकृत गरेको हो ।

प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले खानेपानी मन्त्रालयले डिपिआर स्विकृत र अर्थले स्रोत सुनिश्चितता गरेर बहुबर्षीय ठेक्का आव्हान गर्न सहमति दिएको जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

“डिपिआर र बहुबर्षीयका लागि स्रोत सुनिश्चितता नहुँदा रोकिएको बृहत घोप्टेखोला खानेपानी आयोजना अब कार्यान्वयन हुन्छ,” उहाँले भन्नुभयो “बृहत पिप्ले–भगवती खानेपानी आयोजनाका लागि पनि बजेट व्यवस्थापनका लागि पहल गरिरहेको छु ।”

बेनी –५, ६, ९, १० का विभिन्न बस्ती, रघुगङ्गा गाउँपालिका–६ पाखापानी र वडा नं ५ झीँलाई लक्षित गरी बृहत घोप्टेखोला खानेपानी आयोजनाको निर्माण गर्न सन २०२२ मा सर्वेक्षण भएको थियो ।

Annapurna aarohan ko notice

आयोजना मार्फत २ हजार ५५३ घरधुरीमा खानेपानी वितरण गर्ने लक्ष्य रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका प्रमुख सुनम थापाले बताउनुभयो । बजेटको स्रोत सुनिश्चितता भएकाले ठेक्का आव्हानको तयारी गरेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा घोप्टेखोला र पिप्ले–भगवति खानेपानी आयोजनाका लागि रु. २÷२ करोड बजेट बिनियोजन भएको छ । ठेक्का लगाउन कुल लागत अनुमानको २० प्रतिशत हुने गरि चालु आर्थिक वर्षमा बजेट रकमान्तर गर्न प्रस्ताव गरिएको छ ।

ठेक्का सम्झौता भएको दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । रघुगङ्गा–६ पाखापानीको करेन्टखोलाको मुहानबाट पाइपलाइनमार्फत ल्याइएको पानीलाई पाखापानीकै शिरमा रहने ट्याङ्कीबाट वितरण पाइपमार्फत पाखापानी र त्यहाँबाट झीँ, पात्लेखेत, घतान, पुलाचौर हुँदै अर्थुङ्गे क्षेत्रसम्म खानेपानी सुविधा विस्तार गर्ने योजना रहेको छ ।

उक्त आयोजनाहरुमा कूल लागतमध्ये ९० प्रतिशत सङ्घीय सरकारको लगानी र १० प्रतिशत उपभोक्ताको जनश्रमदान बराबरको रकम लगानी गर्नुपर्नेछ । उपभोक्ताको जनश्रमदान वापतको बजेट सम्बन्धीत स्थानीय तहले व्यवस्थापन गरेका छन् ।

ठूलो आयोजना भएकाले उपभोक्ताले नगद लगानी गर्न सक्ने अवस्था नदेखिएपछि १० प्रतिशत श्रमदान बापतको रकम नगद नै जम्मा गर्नुपर्ने भएकाले उक्त रकमको सुनिश्चिता स्थानीय तहमार्फत गराइएको हो । पिप्ले–भगवति खानेपानी योजना निर्माणका लागि रु ३७ करोड ३७ लाख लागत अनुमान गरिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...