डढेलो नियन्त्रणका लागि सचेतनामुलक अभियान

Gandaki Kotihome

बेनी । डिभिजन वन कार्यालय म्याग्दीले डढेलो नियन्त्रणका लागि सचेतनामुलक अभियान सञ्चालन गरेको छ ।

बराहपाखो सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा बिहिबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर वन डढेलो व्यवस्थापन सचेतना सप्ताहको शुरु गरिएको डिभिजन वन अधिकृत बिष्णु अधिकारीले जानकारी दिनुभयो ।

अभियान अन्तरगत पालिका, वडा र समुदाय स्तरमा वन डढेलोका कारण, यसले पार्ने असर, नियन्त्रणको बिधी र डढेलो लगाउनेलाई हुने कारबाहीका विषयमा जानकारी गराइने उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

सुख्खा यामसँगै वन जंगलमा लाग्ने डढेलो र आगोलागी नियन्त्रणमा खटिने नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी बललाई अग्नी नियन्त्रण सामग्री सहयोग गरेको कार्यालयले सचेतनामुलक अभियान चलाएको हो ।

सुुख्खा यामसँगै डढेलो लाग्न थालेको छ । घाँस पलाउने वाहना, अवैध शिकार र आगोको जथाभावि प्रयोगले वनजंगलमा डढेलोको जोखिम बढेको छ । रुख बिरुवा, जडिवुटी, वन्यजन्तु र पंक्षीको वासस्थान डढेलोबाट नष्ट हुुने गरेको छ ।

गोठालाहरुले घाँसका लागि, शिकारीले वन्यजन्तु भगाउन र खेतबारीको झारपात नष्ट गर्ने क्रममा सावधानी नअपनाउँदा डढेलो लागेको पाइएको सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले बताउनुभयो । भिरालो जमिन, भौगोलिक विकटता र पानीको सहज उपलब्धता नहुने भएकाले डढेलो नियन्त्रण गर्न चुनौति छ । म्याग्दीमा दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । ३६.७६ प्रतिशत वन, १.८५ प्रतिशत झाडी र २१.२७ प्रतिशत चरन क्षेत्र छ ।

समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रम, वन डढेलो नियन्त्रण सञ्जाल गठन गर्ने, अग्नीरेखा निर्माण लगायतमा सहजीकरण, सुरक्षा निकायलाई आवश्यक पर्ने डढेलो नियन्त्रणका सामाग्री सहयोग, पूर्वतयारी संगै डढेलो लागीहालेमा सुरक्षा निकाय, वन उपभोक्ता समुह, स्थानीय तह र सरोकारवालासंग समन्वय संगै जनशक्ति परिचालनमा समेत अगुवाई गरिएको वन डिभिजनले जनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...