म्याग्दीका कर्मचारीहरुको कार्यशैलीप्रति जनप्रतिनिधिको असन्तुष्टि

Gandaki Kotihome

बेनी, । म्याग्दी जिल्लामा कार्यरत कर्मचारीहरुको कार्यशैली प्रति जनप्रतिनिधी तथा राजनीतिक दलका नेताहरुले व्यापक असन्तुष्टि जनाएका छन् ।

जिल्ला समन्वय समितिको ९ औ जिल्ला सभा तथा संघीय तथा प्रदेश सरकार मातहतका कार्यालयहरुको समिक्षा कार्यक्रममा प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र राजनीतिक दलका प्रतिनिधिहरुले कर्मचारीहरुको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्नुभएको हो ।

प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जनप्रतिनिधिले मात्र चाहेर जनताको अपेक्षा पुरा हुन नहुने भएकाले योजना कार्यान्वयन र सेवा प्रवाह गर्ने ठाउँमा बसेका कर्मचारीहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news

काम गर्नका लागि म्याग्दीमा राजनीतिक वातावरण सहज र समन्वयकारी गर्न तयार भएपनि कामै नगर्ने र जनतालाई दुख दिने, विकास आयोजना कार्यान्वयनमा ढिलासुस्ति, लापरवाही गर्ने कर्मचारहिरुलाई राम्रो नहुने चेतावनी सांसद गर्बुजाले दिनुभयो ।

Annapurna aarohan ko notice

गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले आफ्नो जिम्मेवारी र दायित्व भन्दा बाहिर गएर राजनीतिक विषयमा बहस गर्ने कर्मचारीहरुलाई लक्षित गर्दै व्यवस्था मन नपरेर राजीनामा दिएर जनतामाझ जान चेतावनी दिनुभयो ।

गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री समेत रहेका जुग्जालीले समस्या परेको ठाउँमा सहजिकरणका लागि सबै जनप्रतिनिधी र राजनीतिक दलले सघाउने प्रतिवद्धता जनाउनुभयो । केही आयोजनाका कर्मचारीहरुले डमी उपभोक्ता समिति बनाएर अनावश्यक ठाउँमा अपारदर्शी शैलीमा बजेट खर्च गरेको विषयमा आपत्ती जनाउनुभयो ।

नेपाली काँग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले केही कर्मचारीहरुको व्यवहार र कार्यशैली ‘राजा महाराजाको’ जस्तो भएको भन्दै असन्तुष्टि जनाउनुभयो । नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीले जिल्लाका दुरगामी महत्वका विकास आयोजना निर्माणमा भएको ढिलाइएका विषयमा ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा म्याग्दीका प्राथमिकता प्राप्त योजनाहरुको साझा सुचि बनाउने विषयमा पनि छलफल भएको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बताउनुभयो । छ वटै स्थानीय तहका जनप्रतिनिधि, कार्यालय प्रमुखहरु र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा समस्या तथा आवश्यकता पहिचान गरि समाधानका लागि साझा धारणा बनाइने उहाँले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...