घाँसामा १२ औ तोरन्ल गोल्डकप शुरु

Add Samajik bikash office

सुरेन गुरुङ
घाँसा ः मुस्ताङको थासाङ गाउँपालिका– ४ घाँसामा आजदेखि १२ औ केन्द्रिय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा (आर्चरी) प्रतियोगिता शुरु भएको छ ।

थकाली सेवा समिति नेपालको आयोजना र घाँसा क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा देशका विभिन्न ठाउँबाट आएका २९ समूहका २३२ जना खेलाडीहरु सहभागी छन् ।

१ समूहमा १ जना बैकल्पिक सहित ७ जनाले सहभागिता जनाउने यो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सबै थकाली समुदायका खेलाडीहरु हुन् । थकाली समुदायको पौराणिक तारो हान्ने खेलको संरक्षण, खेल पर्यटनको विकास र प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालिले उद्घाटन गर्नुभयो ।

Shreekrishna hardwear in news

समितिले प्रत्येक ३३ वर्षमा तोरन्ल गोल्डकप आयोजना गर्दै आएको छ । तोरन्ल गोल्डकप सञ्चालन गर्न समितिले ३ वर्षअघि स्थापना गरेको अक्षयकोषमा हाल रु. ५७ लाख संकलन भएको छ । उद्घाटन कार्यक्रममा बुटवलका सरेन्द्र सेरचनले रु. १ लाख सहयोग गर्नुभएको थियो ।

Bhautik ministry notice about road

को अक्षयकोष स्थापना गरेको थियो । प्रतियोगिताको बिजेताले सुनको पाँच तोलाको मेडल, रनिङ शिल्ड, कप र रु. १ लाख नगद पुरस्कार पाउनेछन् । दोस्रो, तेस्रो र सान्तवना हुनेले क्रमश रु. पचास हजार, रु. पच्चिस हजार र रु.दश हजार पुरस्कार पाउने थकाली सेवा समितिका अध्यक्ष गजेन्द्र तुलाचनले जानकारी दिनुभयो ।

सर्वोकृष्ट धनुषकर, बिशिष्ट धनुषकर, अनुसासीत टिम, जेष्ठ र कम उमेरका खेलाडीलाई समेत नगद तथा प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनुभयो । प्रतियोगिता उद्घाटन गर्नुहुदै प्रतिनिधिसभा सदस्य गौचन, प्रदेशसभा सदस्य बिकल शेरचन र बिमला गौचनले थकाली समुदायको भाषा, कला, संस्कृति र संस्कारको संरक्षणमा जोड दिनुभयो ।

मुस्ताङ उद्गम थलो भएका थकाली समुदायले तारो खेललाई मौलिक परम्परा मान्छन् । परापुर्व कालमा खेतीबाली लगाए र थन्काएपछि मनोरञ्जनका लागि तारो खेल्ने चलन थियो । तारो खेलमा बाँसको धनुषबाण र जरबुटाको तिर हुन्छ । करिब डेढ सय मिटर वारीपारी राखिएका दुई वटा फल्याकमा तिर हान्ने गरिन्छ ।

जुन समुहले धेरै पटक फल्याकमा तिर हान्छ उसैले प्रतियोगिता जित्ने गर्छ । फल्याकको बिचमा राखिने गोलो आकारको सानो भागमा तिर कोपेपछि खोल भएको मानिन्छ । प्रतियोगिताको उद्घाटन हुनुपुर्व थकाली समुदायको जातीय पहिचान झल्कने झाँकी र बाजागाजा सहित घाँसा बजार परिक्रमा गरिएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...