शुसासन, स्थायीत्व, विकासलाई गति दिन गठबन्धन– नेता तिमिल्सीना

Gandaki Kotihome

बेनी, राष्ट्रियसभाका निवर्तमान अध्यक्ष तथा नेकपा एमालेका नेता गणेश प्रसाद तिमिल्सीनाले शुसासन, स्थायीत्व, विकासलाई गति दिन र राष्ट्रियतालाई बलीयो बनाउन नयाँ गठबन्धन बनेको बनेको बताउनुभयो ।

अघिल्लो गठबन्धनका प्रमुख घटक काँग्रेस र माओवादी बीच योजना तथा बजेट कार्यान्वयन देखि संविधानलाई बुझ्ने विषयमा मतभेद देखिएपछि देशलाई संकटबाट बचाउन एमालेले पहलकदमी गरेर नयाँ गठबन्धन बनाएको नेता तिमिल्सीनाले बताउनुभयो ।

नेकपा एमाले बेनी नगर कमिटिको बुधबार बेनीमा भएको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता तिमिल्सीनाले एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी र जनता समाजवादीको सहकार्यलाई आगामी ४ वर्ष टिकाउन एमाले जिम्मेवार रहेको बताउनुभयो ।

Upper Myagdi transmition line notice

‘यो गठबन्धन एक÷दुई वर्षलाई मात्र होइन्, बाँकी पुरै कार्यकाल टिकाउने सर्तमा बनेको हो,’ उहाँले भन्नुभयो ‘सहकार्यलाई दिगो बनाउन गठबन्धनमा सहभागी दलका नेताहरुको भूमिका पनि जिम्मेवार हुन्छ । पुरै कार्यकाल यही गठबन्धन टिकाउने विश्वासका साथ एमाले लागेको छ ।’

Annapurna aarohan ko notice

देशका राजनीतिक शक्तिहरुबीच एकता नहुँदा बाह्य शक्तिको गतिबिधिले संकट सिर्जना गर्ने जोखिमको आँकलन गरेर पुरानो गठबन्धन भत्काएर नयाँ सत्ता समिकरण बनाउनुपर्ने बाध्यता आएको उहाँले बताउनुभयो ।

नेकपा एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, केन्द्रिय सदस्य भुपेन्द्र थापा, नरदेवी पुन, गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले संगठन निर्माण, जनजिविकाका मुद्दा सम्बोधन र आगामी निर्वाचनमा एकल बहुमत ल्याउने तयारी गर्न निर्देशन दिनुभयो ।

अधिवेशन शुरु हुनु अघि बेनी बजारमा झाँकी सहितको ¥याली निकालिएको थियो । अधिवेशनले नगर कमिटिको नयाँ कार्यसमिति चयन गर्ने एमाले बेनी नगर अध्यक्ष नारायण जिसीले बताउनुभयो ।

गत माघ १३ गते दशौ जिल्ला अधिवेशन गरेको एमालेले बेनी सहित जिल्लाका ६ वटै पालिकाको अधिवेशन सकेर वडा कमिटिको अधिवेशनको तयारी गरेको जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ, किरण सापकोटा, सृजना केसी, मदनभण्डारी फाउण्डेसनका सचिव सन्तोष रावल, एमाले जिल्ला कमिटी उपाध्यक्ष प्रमोद श्रेष्ठ, सचिव थमसरा पुन, पूर्व अध्यक्ष देवेन्द्र केसी, उपसचिव सतप्रसाद रोका, नेकपा एमालेका पूर्व सचिव एवम् बेनी नगरालिकाका प्रमुख सुरत केसी, नेकपा एमाले जिल्ला कमिटीका पूर्व उपसचिव एवम् जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा, अन्नपुर्ण गाउँपालिका कमिटीका अध्यक्ष धनकुमार पुर्जा लगायतले मन्तव्य राख्नुभएको थियो ।

एमाले बेनी नगरकमिटीका अध्यक्ष नारायण जिसीको अध्यक्षता पूर्व उपाध्यक्ष लिलाराम गौतमको स्वागत तथा पूर्व सचिव एवम् जिल्ला कमिटी सदस्य शुवास विश्वकर्माको सञ्चालनमा उद्घाटनसत्रको समापन भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...