एमाले अन्नपूर्णको अध्यक्षमा धनकुमार दोहोरिए

Shreekrishna hardware

पोखरेबगर, । नेकपा एमाले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा धनकुमार पुर्जा दोहोरिनु भएको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरमा मंगलबार भएको दोस्रो अधिवेशनले दोवाका पुर्जाको अध्यक्षतामा २९ सदस्यीय कमिटि चयन गरेको हो । पुर्जा यसअघि पनि एमालेको गाउँपालिका कमिटिका अध्यक्ष हुनुहुन्थ्यो ।

कमिटिको उपाध्यक्षमा सुरेश पुर्जा पुन, सचिवमा आनन्द पुन, उपसचिवमा उज्वल बहादुर पुन र दममाया तिलिजा चयन हुनुभएको छ । अधिवेशनको उद्घाटन् गर्दै एमाले म्याग्दीका ईञ्चार्ज तथा केन्द्रिय सदस्य गोविन्द बहादुर नेपालीले देशको समस्या समाधानका लागि परिणाममुखी काम गर्न एमाले र माओवादी लगायतका दलहरुको गठबन्धन बनेको बताउनुभयो ।

Shreekrishna

एमालेको गण्डकी प्रदेशसभाको संसदीय दलका सचेतक समेत रहेका नेपालीले गण्डकीमा पनि गठबन्धनको सरकार निर्माणको लागि छलफल अघि बढेको बताउनुभयो । नेपाली काँग्रेस र माओवादीको भन्दा एमाले र माओवादीको कार्यगत एकताबाट जनता उत्साही भएको बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

उहाँले एमालेले दावी गरेको भन्दा पनि प्रधानमन्त्रीलाई आफ्नो सहजताका लागि आवश्यक मन्त्रालय राखेर बचेका मन्त्रालय मात्रै लिएको बताउनुभयो । नेकपा एमाले गण्डकी प्रदेस सदस्य हरिकृष्ण श्रेष्ठले नेकपा एमाले जिम्मेवार पार्टी भएको कारणले नै देशको संकटको समयमा नेतृत्व गर्न अग्रसर रहने बताउनु भएको थियो ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले समयले सबैकुरा यथार्थ चित्रण गर्ने भन्दै गएको निर्वाचनको परिणाम र माओवादी कांग्रेसको एक वर्षे गठबन्धनले प्रष्ट्याएको धारणा राख्नु भयो ।

कार्यक्रममा एमालेका प्रदेश सदस्य खुमबहादुर बानियाँ, जिल्ला उपाध्यक्ष प्रमोद श्रेष्ठ, उपसचिव सतप्रसाद रोका, खड्ग गिरी, मदन भण्डारी फाउण्डेसनका केन्द्रीय सचिव सन्तोष रावल, नेकपा एमाले जिल्ला निर्वाचन प्रमुख रामप्रसाद सुवेदी, जिल्ला समन्वय समितिका उपप्रुमख दिलकुमारी खत्री, मंगला गाउँपालिकाका निर्वाचित अध्यक्ष भारतकुमार पुन, नेकपा एमाले रघुगंगा गाउँपालिका अध्यक्ष झलक शर्मा, युवा संघ नेपाल जिल्ला कमिटीका उपाध्यक्ष प्रदिप तिलिजा लगायतले मन्तव्य राख्नुभएको थियो ।

नेकपा एमाले अन्नपुर्ण गाउँ कमिटीका अध्यक्ष धन पुर्जाको अध्यक्षता, उपाध्यक्ष खमबहादुर गर्बुजाको स्वागत र आनन्द पुनको सञ्चालनमा उद्घाटन सत्रको कार्यक्रम सम्पन्न भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...