सिंगाको धवलागिरी माविका विद्यार्थीको आँखा परिक्षण

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको धवलागिरी माविका शिक्षक विद्यार्थीहरुको मंगलबार आँखा परिक्षण गरिएको छ ।

नेपाल नेत्रज्योती संघ आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा म्याग्दी जेसीजले आँखा परिक्षण कार्यक्रम आयोजना गरेको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

२२ जना शिक्षक र विद्यार्थीहरुको गरि २११ जनाको आँखा परिक्षण गरिएको आँखा प्राविधिक समेत रहनुभएका म्याग्दी जेसीजका अध्यक्ष दिनेश बानियाले जानकारी दिनुभयो ।

Shreekrishna

वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्का (भगवान)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रम संयोजक सुस्मिता थापामगरले सञ्चालन गर्नुभएको थियो ।
नेपाल जेसिजका पुर्व अध्यक्ष धनञ्जयकुमार श्रेष्ठको पनि उपस्थित रहेको कार्यक्रममा आँखा उपचार सम्बन्धी परामर्श दिइएको थियो । यसअघि बेनी नगरपालिका –४ सिंगा तातोपानीको सरस्वति माविमा पनि विद्यार्थी र शिक्षकको आँखा परिक्षण गरिएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...