गलेश्वर मन्दिरमा कपडा तथा फेन्सी व्यवसायीको सरसफाई

khali

गलेश्वर, । बेनी गरपालिका–९ मा रहेको गलेश्वर मन्दिर परिसरमा कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीको टोलीले सरसफाई गरेको छ ।

शुक्रबार महाशिवरात्री पर्वमा भक्तजनहरुको भिड लागेको गलेश्वर मन्दिर परिसरमा समितिका अध्यक्ष दामोदर शर्माको नेतृत्वमा सरसफाई गरेका हुन् । १२ जनाको टोलीले मन्दिर परिसरको फोहोर संकलन र व्यवस्थापन गरेका हुन् ।

khali

यसैगरी शसस्त्र प्रहरीको गलेश्वर स्थित आश्रित गुल्मको टोलीले पनि मन्दिरको मुख्य प्रवेशद्धार देखि मन्दिर भन्दा बाहिरको भागका फालेका फोहोर संकलन, व्यवस्थापन र जलाएका थिए । महाशिवरात्रीमा २५ हजार जना भक्तजन आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

Shreekrishna hardwear in news

कपडा तथा फेन्सी व्यवसायी समितिले व्यवसायिक हितका लागि पैरवीका साथै विभिन्न सामाजिक कार्य गर्दै आएको छ । यसअघि कोरोना महामारी, बाढी पहिरो, आगोलागी पिडितलाई सघाएको समितिले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्ने गरेको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...