एमाले मालिकाको नयाँ नेतृत्व चयन

Shreekrishna hardware

दरवाङ, । नेकपा एमाले मालिका गाउँपालिका कमिटिको दोस्रो अधिवेशन बिहिबार दरवाङमा सम्पन्न भएको छ ।

अधिवेशनले दलमान पुनको अध्यक्षतामा ३१ सदस्यीय पालिका कमिटि निर्वाचित गरेको छ । कमिटिको उपाध्यक्षमा सन्तनाथ सुवेदी, सचिवमा बिनोद बुढाथोकी, उपसचिवमा छरदेवी घर्ति र थमन गौतम चयन हुनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य भुपेन्द्र थापाले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पुरा गर्नका लागि नेकपा एमाले नेतृत्वको सरकारको पालामा बिकास तथा समृद्धिको लहर आएको बताउनुभयो ।

Shreekrishna
Ban devision notice

“केपी शर्मा ओली नेतृत्वको एमाले सरकारको समयमा भएका बिकास निर्माण धेरै थिए तर हामीले प्रचार गरेनौं काम गरेका थियौं । पश्चिम म्याग्दीको दरवाङ हुँदै ताकम–मुना जोड्ने सडक होस या बिम र मराङ जोड्ने लामो झोलुङ्गे पुल–हाम्रै पालामा शुरु भएको हो,” उहाँले भन्नुभयो “धौलागिरी लगायतका धेरै हिमाल म्याग्दीमै पर्ने तर पनि हिमाली जिल्लाको रुपमा सुचिकरण भएको थिएन एमाले नेतृत्वको सरकारकै समय र म्याग्दीमा नरदेवी पुन प्रदेशमा तथा संघमा म आफै रहेको समयमा सबै प्रकृया पुरा गरेर हिमाली जिल्लाको रुपमा सुचिकृत गर्न सफल भएका थियौं ।”

नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले नेकपा एमालेले देशै भरमा पहिलो पटक स्थानिय तहको अधिवेशन थालेको र आउने निर्वाचनमा पनि पहिलो पार्टी हुने दावी गर्नुभयो । धवलागिरी गाउँपालिकाबाट थालेका पालिका अधिवेशन नेपालमै पहिलो र मालिका गाउँपालिकामा भएको अधिवेसन पनि सम्बभत देशैभरमा दोश्रो भएको बताउनुभयो ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य तथा मालिका गाउँपालिकाकी पूर्व उपाध्यक्ष खरमायाँ बिटालुले महिला सहभागिताले देशलाइ अग्रगतिमा लाने बताउँदै महिला सहभागिता बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले समावेशी तबरले काम गर्नका लागि नेकपा एमालेबाट अरुले पनि सिक्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले म्याग्दीका उपसचिव सतप्रसाद रोका, खड्ग गिरी, जिल्ला कमिटी सदस्य बेगप्रसाद गर्बुजा, धवलागिरी गाउँपालिका कमिटीका अध्यक्ष प्रगति कार्कीले मन्तव्य राख्नु भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...