गलेश्वरमा शिवरात्री मेलाको तयारी

khali

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा शुक्रबार हुने महाशिवरात्री मेलाको तयारी पुरा भएका छ ।

भक्तजनलाई बिहानैदेखि गलेश्वरमा स्नान र पुजाआजा तथा दर्शनको व्यवस्था मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । भिड व्यवस्थापनका लागि बेनीबाट गलेश्वर जाने सवारी साधनलाई प्रहरी चौकी परिसरमा पार्कीङ गर्ने व्यवस्था मिलाइएको छ ।

बजारभित्र पैदलयात्रा गरी मन्दिरमा प्रवेश गर्ने, मन्दिरभित्र पुजाआजा गरी फर्किने गरी ब्यवस्थापन गरिएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । मन्दिर क्षेत्रमा बहुमुल्य गरगहाना लगाएर नआउन समितिले भक्तजनलाई अनुरोध गरेको छ ।

Shreekrishna hardwear in news

विगतमा भक्तजनको गरगहना भिडभाडमा चोरी भएको गुनासोलाई मध्यनजर गरी महाशिवरात्रीको दिन साधापोशाकमा प्रहरी सहित समितिले समेत अनुगमन गर्ने गरी सदस्यलाई परिचालन गर्नेछ ।

मन्दिरमा प्रहरी, गलेश्वरका आमा समुह विभिन्न संघसंस्थाले स्वयमसेवकको भूमिका सहित मन्दिर प्रवेशमा सहज बनाउन, भक्तजनको सुरक्षा, पुजाआजालाई ब्यवस्थित लगाएत आवश्यक तयारी समेत गरिएको छ । पार्किङस्थलमा ट्राफिक प्रहरी सहित स्वयमसेवक समेत उपस्थिति हुनेछन् । त्यस्तै मन्दिरको प्रवेशद्धारबाट लाइनमा बसेर पुजाआजा गरेपछि फर्कने ब्यवस्था मिलाइएको छ ।

khali

भक्तजनलाई मन्दिरका महत्वपुर्ण स्थानमा जडान गरिएका सिसी क्यामेरालाई सचिवालयबाट निगरानी समेत गरिने छ ।मन्दिरको दोस्रोगेटबाट गणेशको पुजाआजा, शिवलिङ्ग, मुख्य मन्दिर सहित आसपासमा रहेका सहायक मन्दिरहरुमा पुजाआजा गरेलगत्तै बाहिर निस्कन समेत सहज ब्यवस्थापन गरिएको कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो ।

शिवरात्रीमा जिल्लाभित्रका साथै पर्वत, बागलुङ्ग लगाएत देशका विभिन्न जिल्लाबाट समेत भक्तजनहरु आउने भएकाले सहज पुजाआजाको ब्यवस्थापनलाई आवश्यकता अनुसार स्थलगत रुपमै समेत नियमन गर्ने टोली समेत परिचालन गरिने भएको छ । मन्दिर आसपासका क्षेत्रमा मादकपदार्थ प्रयोग गरिएका पर्दाथ बिक्री वितरणमा समेत कडाई गरिएको छ ।

मन्दिरको बाहिरी तथा मुख्य मन्दिरमा समेत एउटै भक्तजनले लामो समयसम्म पुजामा ब्यस्त हुनसक्ने भएकाले त्यहाँभित्र समेत स्वयमसेवक मार्फत ब्यवस्थापन गरिनेछ । मन्दिरका सबै क्षेत्रमा घुम्ती टोलीको समेत ब्यवस्था गरिएको छ । भक्तजनलाई कुनै पनि समस्या आइपर्न सक्ने सम्भावनलाई मध्यनगर गरेर स्वयमसेवक परिचालन गरिने समेत कोषले जनाएको छ ।

पवित्र कालिगण्डकी नदी किनारमाथिको ९ रोपनी क्षेत्रफलमा विशाल चक्रशिलामा फैलिएको गलेश्वर शिवालयमा पुजापाठ गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ । हरेकबर्ष शिवरात्रीमा करिव २५ हजार भक्तजनहरुले गलेश्वरको दर्शन गर्ने गर्दछन् ।

कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रुपमा शिवरात्रीको दिनलाई पुराणमा उल्लेख गरिएको छ । शिवरात्रीलाई सबै प्रकारका दुःख र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको वास गराउने शिवको अति प्यारो दिनका रूपमा लिइने प्रचलन समेत रहेको छ ।

भक्तजनले आजको दिन शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी ब्रत बस्ने र शिवको प्रिय वस्तु दुध, धतुरो, र बेलपत्र चढाउने गर्छन् । यसैबीच शिव उत्पत्ति भएको रातको नामले चिनिने शिवरात्री पर्वमा सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा रहेको शिवलाय मन्दिर सहित जिल्लाभरका शिवमन्दिरमा समेत पुजाआजा गरिन्छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...